नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल राष्ट्र बैङ्कले गर्यो दुई बैकलाई कारबाही

1.4K
shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकले कुमारी बैंक र प्राइम कमर्सियल बैंकलाई कारबाही गरेको हो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन कानुनहरु पालना नगरेको कारण सचेत गराएको छ । राष्ट्र बैंकको एकीकृत निर्देशन व्यवस्थाको अनुपालना नगरेको कारण कुमारी बैंकलाई सचेत गराइएको छ ।

एकीकृत निर्देशनको व्यवस्था अनुसार कालोसूचीमा रहेका व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाले त्यस्तो सूचीबाट फुकुवा नभएसम्म आफ्नो खातामा रकम जम्मा गर्ने बाहेक अन्य कुनै पनि किसिमको बैंकिङ्ग कारोबार गर्न पाउने छैन । तर, कुमारी बैंकले उक्त व्यवस्थाको अनुपालना नगरेकोले कुमारी बैंक लिमिटेडलाई सचेत गराइएको राष्ट्र बैंकको कारबाहीमा उल्लेख छ ।

त्यस्तै, राष्ट्र बैंकको निर्देशन विपरीत प्राइम बैंकले कर्जाहरूलाई कर्जाको भाखा नाघेको अवधिका आधारमा वर्गीकरण नगरेको पाइएको कारण कारबाही गरिएको छ ।निरीक्षणका क्रममा प्राइम कमर्सियल बैंक लिमिटेडले यस बैंकबाट जारी गरिएको एकीकृत निर्देशन बमोजिम केही कर्जाहरूलाई कर्जाको भाखा नाघेको अवधिको आधारमा वर्गीकरण नगरेको पाइएको छ ।

सोही निर्देशनको बमोजिम केही कर्जाहरूलाई कर्जा बक्यौता अवधिको आधारमा कर्जा नोक्सानी व्यवस्था कायम नगरेको केही कर्जाहरूको जोखिम भार गणना गर्दा यस बैंकबाट जारी क्यापिटल एडुक्वेसी फ्रेसवर्क २०१५ बमोजिम जोखिम भार गणना गरेको नपाइएको छ ।राष्ट्र बैंकले प्राइम कमर्सियल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धरलाई सचेत गराइको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports