भाद्र २७ गते सर्बोच्च अदालतकी पूर्व प्रधानन्यायाधिशलाई संविधान विपरित प्रधानमन्त्रीमा नियुक्त गरेर राष्ट्रपतिले...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ट्रम्म प्रशासनले नेपाल सहितका ३० देशका राजदूतलाई फिर्ता बोलायो

572
shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले नेपालसहित करिब ३० देशमा रहेका अमेरिकी राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

फिर्ता बोलाइएका सबै राजदूतहरू करिअर कूटनीतिज्ञ हुन्, जो पूर्वराष्ट्रपति जो बाइडेनको कार्यकालमा नियुक्त भएका थिए।अमेरिकी सञ्चार माध्यमहरूका अनुसार यी राजदूतहरूलाई सन् २०२६ जनवरीभित्र वासिङटन फर्किन निर्देशन दिइएको छ।अमेरिकी प्रशासनले यसलाई सत्ता हस्तान्तरणपछिको सामान्य प्रक्रिया भने पनि कूटनीतिक वृत्तमा यसलाई असामान्य र व्यापक निर्णयका रूपमा हेरिएको छ।

नेपालसँगै श्रीलंका, फिलिपिन्स, भियतनाम, इजिप्ट, नाइजेरिया, आर्मेनिया, ग्वाटेमाला लगायत अफ्रिका, एसिया, युरोप र ल्याटिन अमेरिकाका विभिन्न देशहरूमा कार्यरत अमेरिकी राजदूतहरू फिर्ता बोलाइएका हुन्।अमेरिकी कानुन अनुसार राजदूतहरू राष्ट्रपतिको इच्छामा रहने भए पनि परम्परागत रूपमा करिअर कूटनीतिज्ञहरूलाई सत्ता परिवर्तनपछि पनि निरन्तरता दिने चलन छ।

फिर्ता बोलाइएका राजदूतहरूलाई बर्खास्त गरिएको भने होइन। उनीहरूलाई अमेरिकी विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्ट)मा पुनःस्थापन वा नयाँ जिम्मेवारी दिइन सकिने बताइएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports