नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

निर्वाचन आयोगले सञ्चालनमा ल्यायो मिडिया सेन्टर निर्वाचनबारे जानकारी दिन

1.3K
shares

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन मिडिया सेन्टर सञ्चालनमा ल्याएको छ ।

निर्वाचनका गतिविधिबारे जानकारी दिन तथा सञ्चारमाध्यमहरूसँग पारस्परिक सम्बन्ध स्थापित गर्न आयोगले शुक्रवारदेखि आयोगमै कार्यालय खडा गरी मिडिया सेन्टर सञ्चालनमा ल्याएको हो ।आयोगमा पत्रकार सम्मेलन गर्दै निर्वाचनसम्बन्धी सूचनाहरू एकीकृत रुपमा प्रवाह गर्नको लागि मिडिया सेन्टरको स्थापना गरिएको जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मिडिया सेन्टरमार्फत निर्वाचनसम्बन्धी आधिकारिक सूचना प्रवाह, पत्रकार सम्मेलन आयोजना तथा सञ्चारमाध्यमलाई सत्यतथ्य समाचार उपलब्ध उपलब्ध गराउन सेन्टरको स्थापना गरिएको बताए ।सामाजिक सञ्जालमार्फत फैलिने अपुष्ट र भ्रामक सूचनालाई ध्यानमा राख्दै त्यसको सत्यतथ्य पहिचान गर्ने, सरोकारवाला निकायसँग समन्वय गर्ने र सकारात्मक सूचना प्रवाह सुनिश्चित गर्ने लक्ष्सहित सूचना सदाचार प्रवर्द्धन केन्द्र स्थापना गरिएको पनि बताए ।

‘अहिले सूचनाको स्रोत धेरै भयो । सामाजिक सञ्जालमार्फत आउने सूचनाहरूको सेन्सर गर्ने कुनै निकाय नै नभएको कारण व्यक्तिगत विचारहरू समेत सिधै अडियन्ससम्म पुग्ने भएको कारण त्यताबाट समेत सकारात्मक र सही सूचना प्रवाह होस् भन्नको लागि त्यस्ता कुराको सत्यतथ्य बुझ्ने, सरोकारवाला निकायहरूसँग समन्वय र सहजिकरण्न गर्ने प्रयोजनको लागि सूचना सदाचार प्रवर्द्धन केन्द्र स्थापना गरेका छौं,’ उनले भने, ‘यो चाँही खासगरी रेडियो टेलिभिजनभन्दा पनि सोसियल मिडियासँग केन्द्रित छ । मिडिया सेन्टरले यहाँका कुराहरू बाहिर लैजाने, सञ्चारमाध्यमहरूलाई सत्य समाचार उपलब्ध गराउने, पत्रकार सम्मेलन गर्ने लगायत कार्य गर्नेछ जुन विगतदेखिकै अभ्यास हो ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports