भाद्र २७ गते सर्बोच्च अदालतकी पूर्व प्रधानन्यायाधिशलाई संविधान विपरित प्रधानमन्त्रीमा नियुक्त गरेर राष्ट्रपतिले...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ग्लोबल आइएमई बैकद्धारा अनलाइनबाटै ५० लाख सम्मको धितो कर्जा दिने सुविधा सार्वजनिक

806
shares

काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेडले सेयर लगानीकर्ताहरूलाई लक्षित गर्दै ‘फास्ट लोन अगेन्स्ट शेयर’ (Fast Loan Against Share) नामक नयाँ डिजिटल प्लेटफर्म सार्वजनिक गरेको छ।

यस सुविधामार्फत अब ग्राहकहरूले आफूसँग भएको सेयर धितो राखी अत्यन्त सरल र सहज प्रक्रियाबाट अनलाइनमार्फत नै कर्जाको लागि आवेदन दिन सक्नेछन्। बैंकले आफ्ना सेवाहरूलाई पूर्ण रूपमा डिजिटलाइज गर्ने उद्देश्य अनुरूप यो प्लेटफर्म सञ्चालनमा ल्याएको हो।यस डिजिटल प्रणाली अन्तर्गत ग्राहकहरूले कर्जाको आवेदन दिने र आवश्यक कागजातहरू बुझाउने कार्य अनलाइनबाटै सम्पन्न गर्न सक्नेछन्। आवेदन दिएपछि ग्राहकले आफ्नो निवेदनको अवस्था (Status) को बारेमा आफैँले ट्र्याक गरी जानकारी लिन समेत सक्ने व्यवस्था मिलाइएको छ।

कर्जा स्वीकृतिको अन्तिम चरणमा पुगेपछि कागजातहरूमा हस्ताक्षर गर्नका लागि मात्र ग्राहकले एक पटक बैंकको शाखा कार्यालयमा उपस्थित हुनुपर्नेछ, जसले गर्दा समय र झन्झट दुवै कम हुने बैंकको विश्वास छ।बैंकले यो सेयर धितो कर्जाको सीमा न्यूनतम ५ लाख देखि अधिकतम ५० लाख रुपैयाँसम्म तोकेको छ। यस कर्जाका लागि धितो राखिने सेयर निवेदक स्वयंको नाममा हुनुपर्ने र अन्य व्यक्तिको सेयर स्वीकार नगरिने प्रावधान रहेको छ।

हाललाई बैंकको ३१ वटा विभिन्न शाखा कार्यालयहरूबाट यो सुविधा उपलब्ध गराइएको छ। कर्जा लिन इच्छुक ग्राहकले अनलाइन आवेदन दिँदा आफूलाई पायक पर्ने शाखा छनौट गर्न सक्नेछन्। बैंकको ‘डिजिटल युनिभर्स’ मार्फत पनि यो सेवा प्राप्त गर्न सकिनेछ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports