तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेबाट राष्ट्रियसभा सदस्यका लागि को-को बन्दैछन उम्मेदवार ?

1.01K
shares

नेकपा एमालेले राष्ट्रिय सभामा उम्मेदवार टुंगो लगाएको छ। नेपाली कांग्रेस, नेकपा एमालेबीच चुनावी तालमेल गरेर उम्मेदवारी दिन सहमति जुटेको छ।

जसअनुसार एमालेले कोशीमा महिला पाएको छ। त्यहाँ रोशनी मेचेलाई उम्मेदवार बनाउने भएको छ। बागमतीमा डा प्रेम दंगाल उम्मेदवार बन्ने भएका छन्। गण्डकीमा सम्झना देवकोटालाई उम्मेदवार बनाउने भएको छ। लुम्बिनीमा रामकुमारी झाक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लीला भण्डारीलाई उम्मेदवार बनाउन लागेको हो।

मधेसमा टुंगिन बाँकी रहेको एमाले सचिव महेश बस्नेतले जानकारी दिए।राष्ट्रिय सभामा कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी नेपालबीच चुनावी तालमेल गर्ने छलफल भए पनि अन्तिममा कुरा मिल्न नसकेको नेताहरूले बताएका छन्।नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय गोबिन्द आचार्यका अनुसार अहिलेसम्म कुरा मिलेको छैन।‘प्रतिनिधि सभामा नेकपा एक्लै लड्ने कुरा हो। राष्ट्रिय सभामा मतभारअनुसार तालमेल गरौं भन्ने हाम्रो प्रस्ताव थियो। तर समझदारी भएको छैन। नेकपाले उम्मेदवारी दिने तयारी गरेको छ। तलबाट सिफारिस भएर आएका नामहरूलाई हामी टुंगो लगाउँछौं,’ उनले भने।

नेकपा बाहिरिए कांग्रेस र एमालेबीच मात्रै तालमेल हुने सम्भावना बढेको छ। त्यसो भएमा कांग्रेसले १० र एमालेले ८ सिट लिनेछन्। कोशीमा एमालेले दुई सिट पाउने सम्भावना रहेको एमाले नेताहरूले बताएका छन्।कोशीबाट उम्मेदवार बन्न लागेकी रोशनी मेचे लोपोन्मुख समुदायकी हुन्। उनी यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनको सचिवालयमा थिइन्।

बागमतीबाट उम्मेदवार बन्न लागेका दंगाल कर्मचारी आन्दोलनबाट राजनीतिमा आएका हुन्। कर्मचारी आन्दोलनका कारण उनले २०४८ सालमा जागिर गुमाएका थिए। त्यसपछि उनी एमालेमा निरन्तर क्रियाशील छन्। उनी लामो समय एमालेनिकट किसान महासंघमा क्रियाशील थिए। उनी किसान महासंघका अध्यक्षसमेत भइसकेका हुन्। दंगालले युवा स्वरोजगार कोष, किसान आयोगजस्ता संस्थामा नेतृत्व गरिसकेका छन्।गण्डकीबाट उम्मेदवार बन्न लागेकी सम्झना देवकोटा त्यहाँकी पार्टी सचिवसमेत रहिसकेकी छन्। उनी केन्द्रीय पार्टी संगठन विभागको सचिव पनि बनेकी थिइन्। स्थानीय तह निर्वाचनमा उनी गोरखाको उपमेयरमा पराजित भएकी थिइन्।

लुम्बिनीबाट उम्मेदवार बन्न लागेकी रामकुमारी झाक्री एकीकृत समाजवादीबाट माओवादीसँगको एकता प्रक्रियामा समाहित नभइ एमालेमा फर्किएकी थिइन्। २०७९ सालमा प्रतिनिधि सभा सदस्य बनेकी झाक्री गत महाधिवेशनबाट एमालेका लोकप्रिय मतसहित केन्द्रीय सदस्य निर्वाचित भएकी हुन्। कर्णालीबाट उम्मेदवार बन्न लागेकी रखाल २०७४ सालमा कर्णाली प्रदेश सभा सदस्य थिइन्। उनी एमाले केन्द्रीय सदस्य हुन्।सुदूरपश्चिमबाट उम्मेदवार बन्न लागेकी लीला भण्डारी पूर्वमाओवादी पृष्ठभूमिकी हुन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports