तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पाकिस्तानमा पनि मनाइँयो बुद्ध जयन्ती

494
shares

काठमाडौँ । बुद्ध जयन्तीका अवसरमा पाकिस्तानको पञ्जाब सरकारसँगको सहकार्य तथा थाइल्याण्ड, श्रीलंका, म्यान्मार र भियतनामका दूतावास तथा उच्चायोगको समन्वयमा इस्लामावादस्थित नेपाली दूतावासले शुक्रबार विविध कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रमअन्तर्गत पाकिस्तानस्थित धर्मराजिका स्तूप र टक्सिला सङ्ग्र्रहालयमा धार्मिक विभिन्न गतिविधि सञ्चालन गरिएका थिए ।उक्त दूतावासका अनुसार टक्सिला सङ्ग्र्रहालयमा ‘दिगो पर्यटनका लागि साझा बौद्ध सम्पदाको उपयोग’ विषयको छलफलमा पाकिस्तानका लागि नेपालका राजदूत रीता धितालले स्वागत मन्तव्य व्यक्त गर्दै विश्वभरका ५० करोडभन्दा बढी श्रद्धालुका लागि बौद्ध सम्पदास्थल प्रमुख तीर्थस्थलका रूपमा रहेका बताइन् ।

उनले ती स्थल आध्यात्मिक, सांस्कृतिक तथा शैक्षिक पर्यटनका दृष्टिले अत्यन्त सम्भावनायुक्त रहेको बताउँदै दक्षिण एसियाका बौद्ध स्थललाई पूर्वाधारमार्फत आपसमा जोड्न सके स्थानीय समुदायको सामाजिक–आर्थिक विकासमा टेवा पुग्ने, तीर्थयात्रीलाई ध्यान अभ्यास गर्न सहज हुने तथा अनुसन्धानकर्तालाई बौद्ध दर्शन अध्ययनमा सहयोग पुग्ने धारणा व्यक्त गरिन् ।राजदूत धितालले श्रीलङ्का उच्चायोग तथा थाइल्याण्ड, म्यानमार, भियतनाम र नेपालको संयुक्त आयोजनाले बौद्ध धर्मलाई एसियाभर जोड्ने साझा सांस्कृतिक तथा आध्यात्मिक सेतुका रूपमा प्रस्तुत गरेको उल्लेख गर्दै यसले शान्ति, करुणा र प्रज्ञाको सार्वभौमिक मूल्य प्रवद्र्धन गर्ने बताइन् ।

कार्यक्रममा लुम्बिनी विकास कोषद्वारा तयार गरिएको लुम्बिनी गुरुयोजना, मायादेवी मन्दिर, विहार क्षेत्र तथा शान्तिज्योतिसम्बन्धी विवरण समेटिएको लुम्बिनीसम्बन्धी ‘भिडियो’ पनि प्रदर्शन गरिएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports