काठमाडौं । जारी आईपीएलमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई ८ विकेटले पराजित गरेको छ ।
शनिबार राति एमए चिदम्बरम स्टेडियममा मुम्बइले दिएको १ सय ६० रनको लक्ष्य चेन्नईले ११ बल बाँकी हुँदै २ विकेट गुमाएर पूरा गर्यो । जारी संस्करणमा चेन्नइको यो चौथो जित हो भने मुम्बईको भने यो सातौं हार हो ।टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५९ रन बनाएको थियो । मुम्बईका लागि नमन धिरले सर्वाधिक ५७ रन बनाउँदा रियन रिकेल्टनले ३७, सूर्यकुमार यादवले २१, कप्तान हार्दिक पाण्ड्याले १८ रन बनाएका थिए ।
चेन्नईका लागि अन्सुल कमबोजले ३ विकेट लिँदा नुर अहमदले २ विकेट लिए । रामकृष्ण घोष र जमाइ ओभरटनले १/१ विकेट लिएका थिए ।१ सय ६० रनको लक्ष्य पछ्याएको चेन्नईले सहज जित हासिल गर्यो । चेन्नईका लागि कप्तान ऋतुराज गाइकवार्डले सर्वाधिक ६७ रन बनाउँदा सन्जु स्यामसनले ११, उर्भिल पटेलले २४ र कार्तिक शर्माले ५४ रन बनाएका थिए ।यो जितसँगै चेन्नईले प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ । मुम्बई इन्डियन्सको सम्भावना भने धेरै कठिन देखिएको छ ।
जारी आईपीएलमा आज (आइतबार) दुई खेल हुनेछ । पहिलो खेल कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादबीच हैदराबादमा दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।दोस्रो खेल गुजरात टाइटन्स र पञ्जाब किंग्सबीच अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा साँझ ७ः४५ बजे सुरु हुनेछ ।




































