११० वटा निकायका राजनितिक नियुत्ति खारेज गर्ने सरकारलाई बाटो खुल्यो
वि.सं.२०८३ वैशाख १९ शनिवार १८:०१
shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरेसँगै सरकारलाई विभिन्न निकायमा भएका राजनीतिक नियुक्ति खारेज गर्ने बाटो खुलेको छ ।
राष्ट्रपति कार्यालयका अनुसार शनिबार सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ सहित तीन वटा अध्यादेश जारी भएको हो । योसँगै सरकारलाई ११० वटा निकायमा यसअघि भएका राजनीतिक नियुक्ति हटाउन बाटो खुला भएको हो । यस अध्यादेशले चैत १२ अघिका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा, विज्ञान तथा प्रविधि, स्वास्थ्य तथा जनसंख्या, ऊर्जा, जलस्रोत तथा सिँचाइ, कृषि तथा पशुपन्छी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति तथा वन तथा वातावरण मन्त्रालय मातहत भएका राजनीतिक नियुक्तिहरू एकैपटक खारेज गर्न सहज हुने बताइएको छ।
त्यसैगरी, राष्ट्रपति पौडेलले आजै विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ र स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका छन् । यसअघि हिजो सहकारी र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी भए पनि संवैधानिक परिषद्सम्बन्धी लगायत अन्य अध्यादेश भने जारी भएको छैन ।


































