पूर्वमन्त्री सुनील बहादुर थापालाई काँग्रेसले बनायो राष्ट्रियसभाको उम्मेदवार
वि.सं.२०८२ पुस २३ बुधवार १४:०६
shares

काठमाडौँ । नेपाली कांग्रेसले कांग्रेस नेता सुनील बहादुर थापालाई राष्ट्रिय सभाको उम्मेदवार बनाउने निर्णय गरेको छ।
बुधबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले कोशी प्रदेशबाट अन्य क्लस्टरमा थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।उनले केही अघि राष्ट्रपतिको प्रमुख राजनीतिक सल्लाहकारबाट राजीनामा दिएका थिए ।
राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुने निश्चित भएकै कारण उनले सल्लाहकार पद छाडेका थिए ।माघ ११ गते हुने निर्वाचनका लागि उनले आजै मनोनयन दर्ता गराउँदैछन् ।



































