सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चीनले भन्यो– एमसीसी उपहार हो कि प्याण्डोराज बक्स ?

481
shares

 

काठमाडौं । अमेरिकाले दिने ५० करोड डलरको पूर्वाधार विकास आयोजनाका बारेमा नेपालमा व्यापक बहस चलिरहेको र नेपाली समाज असन्तुष्ट भइरहेको बेलामा चीनले फेरि बोलेको छ– एमसीसी उपहार हो कि, पाण्डोराज बाकस ?
प्याण्डोराज बाकस भनेको नखोल्दा के के न होलाजस्तो, खोलेपछि अनेक थरिका विषालु किटाणु (समस्याको पोको) निस्कने कथा हो । अमेरिकाले यो सम्झौता पास नभए चीनको पक्षमा लागेको अर्थमा बुझिने र नेपाल नीतिमा पुनर्विचार गर्ने धम्की दिएपछि अमेरिकी दबाब किन भनेर बोलेको चीनले अस्ती बुधवार नियमित पत्रकार सम्मेलनमा चीनको विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले फेरि यसरी बोलेकी हुन् । चीनले बोलेपछि एमसीसीका पक्षधरहरुलाई रिङ्गटा लागेको छ ।
ती प्रवक्ताले भनेकी छिन्– ‘एमसीसी पास नभए द्वीपक्षीय सम्बन्धमा असर पर्ने भनेको छं । काठमाडौंस्थित अमेरिकी दुतावासले ५०० मिलियन डलरको अनुदानलाई अमेरिकी जनताका तर्फबाट नेपालीलाई उपहार भनेको छ । मलाई अचम्म लागेको छ उपहार कहिलेदेखि अल्टिमेटमको प्याकेजसँग जोडिएर आउन थालेछ ? कसैले त्यस्तो उपहार कसरी स्वीकार्न सक्छ ? यो उपहार हो कि पान्डोराज बक्स ? चीन नेपालको आर्थिक विकास र नेपालीको जीवनस्तर उकास्न अन्तर्राष्ट्रिय समुदायले सहकार्य गर्ने कुराको स्वागत गर्छ तर यस्तो सहयोग कुनै राजनीतिक सर्तबिना नेपाली जनताको चाहनामा आधारित हेर्नुपर्छ ।’

चीनको यो प्रतिक्रियालाई कुटनीतिक भाषामा साहै्र कडा अर्थमा बुझिएको छ । चीनले यसरी बोलेपछि काठमाडौंस्थित पश्चिमा १० राजदुतहरुको बैठक बृटिश दुतावासमा बसेको छ र सामुहिक रुपमा सरकार तथा प्रतिपक्षीलाई एमसीसी पास गर्न दबाब दिन थालिएको छ ।
चीनले बोलेपछि एमसीसीका सम्बन्धमा चीन र अमेरिका आमनेसामने उभिन पुगेका छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports