विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पूर्वउपप्रधानमन्त्री टोपबहादुर र पूर्वगृहमन्त्री बालकृष्णसहित १६ जनालाई कैद सजाय

247
shares

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १६ जनालाई कैद सजाय सुनाएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले प्रतिवादी १६ जनालाई सजाय निर्धारण गरेको हो ।२३ असारमा अदालतले प्रतिवादी ३१ मध्ये १५ जनालाई दोषी ठहर, ७ जनालाई सफाइ र ८ जनाको मुद्दा मुल्तबीमा राख्ने आदेश गरेको थियो ।

अदालतको फैसला अनुसार पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहसचिव टेकनारायण पाण्डे, बिचौलियाहरू केशव दुलाल र सानु भण्डारीसहितका मुख्य अभियुक्तहरूलाई सबैभन्दा बढी ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तोकिएको छ। यस्तै सजाय पाउनेहरूमा सन्देश शर्मा, आङटावा शेर्पा, सागर राई र विक्रम भन्ने गोविन्द कुमार चौधरी रहेका छन्।पूर्वगृहमन्त्री बालकृष्ण खाँण र भुटानी अधिकारवादी नेता टेकनाथ रिजाललाई भने २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ ।

यस्तै, पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईलाई ४ वर्ष कैद तोकिए पनि उनको उमेर (७५ वर्ष माथि) का कारण सजायमा केही छुट दिइएको छ। उनले अब ३ वर्ष २ महिना १० दिन कैद र ४० हजार रुपैयाँ जरिवाना भुक्तान गर्नुपर्नेछ। यस प्रकरणमा जोडिएका नरेन्द्र केसी, शमशेर मियाँ, हरिभक्त महर्जन र निरञ्जन कुमार खरेललाई भने १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला सुनाइएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports