विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

इरानमाथि अमेरिकाले फेरी गर्यो हवाई आक्रमण, इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको घोषणा

325
shares

काठमाडौं । अमेरिकी सेन्ट्रल कमाण्डले इरानमाथि पुनः हवाई आक्रमण सुरु गरेको जनाएको छ ।

इरानी सञ्चारमाध्यमहरुका अनुसार क्षेप्यास्त्र र ड्रोन आक्रमणका कारण बन्दर अब्बास र किश टापु आसपास क्षेत्रमा विस्फोटहरू भएका छन् ।

अमेरिकी सेनाले राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशसँगै १४ जुलाई (मंगलबार) राति ८ बजेदेखि अमेरिकी नौसेनाको नेतृत्वमा इरानी बन्दरगाहहरू र तटीय क्षेत्रहरूमा पुनः नाकाबन्दी लागू हुने घोषणा गरेको छ ।अमेरिकी सेनाले नाकाबन्दी लागू हुनुअघि नै उक्त क्षेत्र छोड्न तटस्थ जहाजहरूलाई चेतावनी दिएको छ ।

यसैबीच, संयुक्त अरब इमिरेट्स (युएई)को रक्षा मन्त्रालयले होर्मुज जलसन्धिमा ओमानको समुद्री क्षेत्र नजिकै आफ्ना दुईवटा तेल ट्यांकरमाथि इरानका दुईवटा क्रुज मिसाइलद्वारा आक्रमण गरिएको जनाएको छ ।मोम्बासा नामक ट्यांकरमा भएको उक्त आक्रमणमा परी एक भारतीय चालक दलका सदस्यको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन् । यसअघि ट्रम्पले होर्मुज जलसन्धि खुला रहने र यसको सुरक्षाको जिम्मेवारी अमेरिकाले लिने बताएका थिए ।

आफूलाई होर्मुज जलसन्धिको संरक्षकका रूपमा प्रस्तुत गर्दै ट्रम्पले यसको खर्च जुटाउन उक्त जलसन्धि भएर आवतजावत गर्ने प्रत्येक मालवाहक जहाजमा २० प्रतिशत कर लगाइने बताए ।इरानले ट्रम्पको घोषणाको कडा विरोध गरेको छ । इरानी सेनाको मुख्यालयका प्रवक्ताले होर्मुज जलसन्धिमा अमेरिकाको कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने चेतावनी दिएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports