मन्त्रिपरिषद् बैठकका ८ निर्णय सार्वजनिक
वि.सं.२०८३ असार २४ बुधवार १७:२०
shares

काठमाडाैँ । मन्त्रिपरिषद् बैठकका ८ निर्णय सार्वजनिक गरिएकाे छ । सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पाेखरेलले बुधबार बसेकाे मन्त्रिपरिषद् बैठकमा ८ निर्णय सार्वजनिक गरेका हुन्।
बैठकले काठमाडौँ उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा सुरज शाक्यलाई नियुक्त गर्ने निर्णय गरेकाे छ ।गेटा अस्पताल, कैलालीलाई शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने,विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ स्वीकृत गर्ने,शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय समेत बैठकले गरेकाे मन्त्री पाेखरेलले बताए।
कारागार नियमावली,२०८३,मानव अधिकारसम्बन्धी छैटौं राष्ट्रिय कार्ययोजना (२०८३/०८४–२०८७/८८),भ्रष्टाचार विरूद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना (२०८२ । ८३–२०८७ । ८८) स्वीकृत गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेकाे मन्त्री पाेखरेलले बताए।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्द बहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्ति गर्ने निर्णय समेत मन्त्रिपरिषद् बैठकले गरेकाे छ।





































