अमेरिकी डलरको मूल्य बढ्यो, यस्तो छ आज मंगलवारका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर
वि.सं.२०८३ असार ३० मंगलवार ०९:४४
shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ७० पैसा र बिक्रीदर १५३ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ र बिक्रीदर १०६ रुपैयाँ ४१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०८ रुपैयाँ ४२ पैसा तोकिएको छ ।युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७५ रुपैयाँ २४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ४७ पैसा र बिक्रीदर २०५ रुपैयाँ २८ पैसा कायम गरिएको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।




































