सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेप्से परिसूचक ३ अङ्क भन्दा धेरैले घटेर समग्र बजार २५४३ विन्दुमा

481
shares

साताको पहिलो दिन नेप्से परिसूचक ३ अङ्क भन्दा धेरैले घटेर समग्र बजार २५४३ विन्दुमा आएको छ । अघिल्लो हप्ता निरन्तर घटेको बजार आज आइतबार पनि निरन्तरता पाएको छ ।

पहिलो कारोबार दिन नेप्से सामान्य अङ्कले घटे पनि कारोबार भने निकै घटेको छ । २३० कम्पनीको शेयर खरिद बिक्री हुँदा २ अर्ब ४९ करोडको मात्र शेयर कारोबार भएको छ । कारोबार भएका मध्य अधिकांश कम्पनीहरूको शेयर मूल्य घटेको छ । आज कुनै पनि कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छैन साथै शिवम् सिमेन्टको शेयर मूल्य सबै भन्दा धेरै घटेको छ ।

बैंक,विकास बैंक तथा होटल उपसूचक सामान्य बढेको छ भने बीमा उपसूचक भने सबै भन्दा धेरै घटेको छ । सेन्सेटीभ इन्डेक्स र सेन्ससेटीभ फ्लट इन्डेक्स सामान्य बढ्दा नेप्से र फ्लट सूचक भने घटेका छन ।

बैंकमा भइरहेको तरलता अभावले शेयर बजारमा प्रभाव पारिरहेको जानकारहरूको भनाई  छ । साथै केही समयमै बजार ३ सय भन्दा धेरै अङ्कले घटेको हुँदा अब बजार विस्तारै माथि जाने धेरैको बुझाई छ

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports