विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चोभार सुख्खा बन्दरगाह एक साता भित्रमा सञ्चालनमा आउने

663
shares

काठमाडौं । काठमाडौंको चोभार स्थित चोभार सुख्खा बन्दरगाह एक साता भित्रमा सञ्चालनमा आउने भएको छ । सुख्खा बन्दरगाह सञ्चालनका लागि भइरहेको तयारी अन्तिम अवस्थामा पुगेको भन्सार विभागले जनाएको छ ।

‘सम्भवत एक साता भित्रै यो बन्दरगाह सञ्चालनको घोषणा हुनेछ,’ विभागका निर्देशक एवं सूचना अधिकारी पुण्यविक्रम खड्काले  भने, ‘कर्मचारी व्यवस्थापन, कानुनी प्रावधान र अन्य कामहरु लगभग सकिएको छ ।’

बन्दरगाह सञ्चालनका लागि उक्त क्षेत्रलाई भन्सार क्षेत्र घोषणा, प्रमुख भन्सार अधिकृत सहित कर्मचारी व्यवस्थापन, पैठारी तथा निकासी भएर आउने वस्तुको बन्दरगाह सम्म पहुँच सम्बन्धि कानुनी व्यवस्था लगायतको काम सकिएको खड्काले बताए । निर्वाचन आचारसंहिता लागू हुनुभन्दा पहिले नै बन्दरगाह सञ्चालन गर्नेगरी कामहरु अघि बढेको र यसै विषयमा शुक्रबार मन्त्रालयमा बैठक पनि रहेको उनले बताए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports