माओवादी केन्द्र लुम्बिनी प्रदेशले प्रदेश अन्तर्गतका ९ जिल्ला संयोजक तोक्यो
वि.सं.२०७८ चैत ४ शुक्रवार १५:४१
shares

काठमाडौं। नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशले प्रदेश अन्तर्गतका जिल्ला संयोजक तोकेको छ।
बुधबार बसेको प्रदेश समितिको प्रथम पूर्ण बैठकले ९ जिल्लामा संयोजक तोकेको प्रदेश समिति सचिव कृष्ण अधिकारीले जानकारी दिए। अधिकारीका अनुसार रुकुम पूर्वमा होमप्रकाश श्रेष्ठ, नलवपरासी पश्चिममा भवेश्वर तिवारी, रुपन्देहीमा नारायण तिवारी, कपिलवस्तुमा विष्णु शाह र गुल्मीमा बिरबहादुर कार्की संयोजक तोकिएका छन्।
त्यस्तै प्युठानमा तिजबहादुर एमसी, रोल्पामा सुरेन्द्र घर्ती, दाङमा तुलसीराम पुन र अर्खाखाँचीमा राजेन्द्र भुसाल तोकिएका छन्। पाल्पा र बर्दियामा भने तोक्न बाँकी रहेको अधिकारीले बताए ।


































