सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बीमा समितिले बीमा कम्पनीहरुको पूँजी वृद्धि गर्न निर्देशन दियो

689
shares

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुको पूँजी वृद्धि गर्न निर्देशन दिएको छ । बिहिबार बसेको समिति सञ्चालक समितिको बैठकले बीमा कम्पनीहरुको पूँजी बढाउन निर्देशन दिएको हो ।

आगमी चैत मसान्त भित्र जीवन कम्पनीहरुको ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरुले साढे २ अर्ब रुपैयाँ पुर्याउन समितिले निर्देशन दिएको हो । बीमा समितिका अनुसार बीमा कम्पनीहरुको चुक्ता पूजी बृद्धि गरेको छ । समितिको संचालक समितिको आज बसेको बैठकले बीमा कम्पनीहरुको चुक्ता पूँजी वृद्धि गरी जीवन बीमा कम्पनीको चुक्ता पूजी ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी साढे २ अर्ब रुपैयाँ अब पुर्याएको छ ।

“बीमा कम्पनीहरुको चुक्ता पूँजी वृद्धि गरी समग्रमा नेटवथ बढ़ाई सो अनुरुप कम्पनीहरुको जोखिम बहन क्षमता बढाउन, कम्पनीहरुलाई एक अर्कामा गाभ्ने गाभिने अनुकूल वातावरण सिर्जना भई उपयुक्त संख्यामा राख्न तथा पूँजी आधार बलियो बनाउन, ठूलो पूँजी भएमा सेवाको लागत कम भई बीमाको पहुँच विस्तार गर्न, ठूलो पूँजी कायम गरी कम्पनीहरु वीच स्वस्थ्य प्रतिस्पर्धाको वातावरण तयार गर्न र जोखिममा आधारित पूजी संग सामञ्जस्यता हुनेगरी चुक्ता पूँजी कायम गर्न पूँजी वृद्धिको निर्णय गरिएको हो” समितिको पत्रमा भनिएको छ ।

हाल जीवन बीमा कम्पनीहरुको चुक्ता पूँजी २ अर्ब र निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको छ । समितिले जीवन बीमा र निर्जीवन बीमा कम्पनीहरु पूँजी १५० प्रतिशतले बढाउने निर्णय गरेको हो । बीमा कम्पनीहरुले २०८१ साल असार मसान्त सम्म तोकिएको पूँजी पुर्याउने गरि पुँजी पृद्धिको योजना पेश गर्नुपर्नेछ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports