प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारतको उत्तर प्रदेशमा योगी आदित्यनाथ नेतृत्वमा ५२ जनाको जम्बो मन्त्रिपरिषद गठन

520
shares

काठमाडौं । भारत उत्तर प्रदेश -यूपी)का मुख्यमन्त्री योगी आदित्यनाथले मुख्यमन्त्री पदको शपथ लिएका छन् । राजधानी लखनउको इकाना स्टेडियममा आयोजित विशेष समारोहमा आदित्यनाथलाई प्रदेश प्रमुख आनन्दी बेन पटेलले पद तथा गोपनीयताको शपथ खुवाएकी हुन्।

भाजपाका नेता योगी आदित्यनाथ उत्तर प्रदेशमा लगातार दोस्रो कार्यकाल मुख्यमन्त्री बनेका हुन् । योगी आदित्यनाथ नेतृत्वको ५२ सदस्यीय जम्बो मन्त्रिपरिषदमा २ उपमुख्यमन्त्री र १६ जना मन्त्री छन् । केशव प्रसाद मौर्य र ब्रजेश पाठक उपमुख्यमन्त्री छन् । मौर्यले यसपटकको विधानसभा निर्वाचन जितेका थिएनन् । हारका बाबजुद पनि उनलाई उपमुख्यमन्त्री बनाइएको छ । उनी अघिल्लो सरकारमा पनि उपमुख्यमन्त्री थिए ।

योगी आदित्यनाथको मन्त्रिपरिषदमा ओबीसी समाजलाई विशेष ध्यानमा राख्दै दलित, ब्राह्मण, राजपुत, बनिया, भूमिहार, कायस्थ, शिख र मुस्लिम समुदायका नेताहरुलाई पनि स्थान दिइएको छ । लखनउका बरिष्ठ पत्रकार हेमन्त तिवारीका अनुसार मन्त्रिपरिषदमा करिब २० जना ओबीसी, ९ दलित, ७ ब्राह्मण, ६ राजपुत, ४ वैश्य, २ भूमिहार समुदायका छन् । यसैगरी कायस्थ, शिख र मुस्लिम समुदायका एक-एक जना समेटिएका छन् ।

 

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports