प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रास्वपाको महाधिवेशन उदघाटन स्थलमा कालाबस्त्रधारी सयौ बाउन्सर खटाईय

130
shares

चितवन । रास्वपाको प्रथम महाधिवेशन उदघाटनस्थल वरिपरि कालाबस्त्रधारी बाउन्सर युवाहरू खटिएका छन् । उनीहरुले तलदेखि माथिसम्म कालो ड्रेस र कालै चस्मा लगाएका छन् ।

ती कालाबस्त्रधारी युवाहरू चितवनकै एक निजी सेक्युरिटी गार्ड कम्पनीका युवाहरु हुन् । उनीहरुलाई ‘गढी सेक्युरिटी’ कम्पनीले रास्वपा महाधिवेशन स्थलमा परिचालन गरेको हो ।भरतपुरका बालमन्दिरस्थित गढी सेक्युरिटी कम्पनीका मार्केटिङ म्यानेजर राजेन्द्र गोलेलेका अनुसार कम्पनीले बाउन्सरसहित १०० जनाको टोलीलाई महाधिवेशनस्थल वरपर खटाएको हो । कम्पनीले रास्वपाको महाधिवेशन उदघाटनस्थल र पार्किङस्थलमा बाउन्सर र सेक्युरिटी गरेर १०० जना युवाहरुलाई खटाएको छ ।

यसअघि पनि गढी सेक्युरिटीले चितवनमा आयोजना हुने विभिन्न सभा समारोह, महोत्सव लगायतका कार्यक्रममा पनि आफ्ना युवा टोलीलाई खटाउँदै आएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports