प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेदरल्याण्डसले स्वीडेनलाई ५-१ ले हरायो

208
shares

काठमाडौंं । फिफा विश्वकपको समूह ‘एफ’को खेलमा नेदरल्याण्ड्सले स्वीडेनलाई ५–१ गोलले पराजित गरेको छ ।

ह्युस्टन स्टेडियममा भएको खेलमा नेदरल्याण्ड्सका लागि ब्रायन ब्रोबेले (५ औं, १७ औं मिनेटमा) र कोडी गाक्पोले (४७ औं, ५४ औं मिनेटमा) दुई–दुई गोल गरे भने क्रिसेन्सियो सोमरभिलले ८९ औं मिनेटमा एक गोल गरेका थिए ।

स्वीडेनका लागि ५९ औं मिनेटमा एन्थोनी एलाङ्गाले एक गोल गरेका थिए ।जितसँगै नेदरल्याण्ड्सले अन्तिम ३२ मा पुग्ने सम्भावनालाई बलियो बनाएको छ । नेदरल्याण्ड्स ४ अंकका साथ समूह ‘एफ’को शीर्ष स्थानमा उक्लिएको छ ।

पराजित स्वीडेनलाई अब नकआउट चरणमा पुग्नका लागि आफ्नो अन्तिम खेलमा जापानलाई हराउनै पर्ने दबाब बढेको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports