प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्री देउवाले आधा बुझेका रहेछन एक्लै होईन सबै दल मिलेर गएपनि एमाले संग लड्न सकिदैन भनेर : अध्यक्ष ओली

546
shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगमा दर्ता भएका सबै दल गठबन्धन गरेर आए पनि चुनावमा आफूहरु विजयी हुने दावी गरेका छन् ।

एमाले विरुद्ध सत्तारुढ गठबन्धनमा रहेका दलहरुमात्र नभई निर्वाचन आयोगमा दर्ता भएका सबै दल मिलेर आए पनि एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने उनले दावी गरे । पार्टीको भ्रातृ संगठन मुस्लिम इत्तेहाद संगठनको कार्यक्रममा उनले भने, ‘दर्ता भए जति सबै दल मिलेर आए पनि एमाले सँग सक्दैनन् ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले पनि एमाले सँग प्रतिस्पर्धा गर्न सकिँदैन भनेर बुझेको टिप्पणी गरे । ‘देउवाले के बुझेका छौ, तिमीहरुले मैले ढिस्का बाट हेरेको छु, एमालेका मसल कत्रा छन् ? तिमीहरु नचाहिने कुरा गर्ने ? एमाले सँग एक्लै लड्ने दुस्साहस गर्ने ? भन्ने गरेका छन् । उनले आधा सही बुझे’ ओलीले भने, ‘एमाले सँग लड्न सकिँदैन भन्ने बुझे त्यो सही बुझे, तर सबै मिले पनि लड्न सकिँदैन भन्ने बुझ्न सकेका छैनन् ।’

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports