पछिल्लो समयमा रास्वपा र बालेन सरकारबीचमा केही विवाद उत्पन्न भएको छ । रास्वपाका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा बढ्यो

858
shares

काठमाण्डौं । यातायात व्यवस्था विभागले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । विभागले चैत्र २० गते देखि लागू हुने गरी सार्वजनिक यातायातका साधनमा १५ प्रतिशत सम्म भाडा बढाएको हो ।

विभागले चैत्र १७ गतेको मन्त्रीस्तरीय निर्णयानुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय बाट प्राप्त सैद्धान्तिक सहमती समेतको आधारमा यहि चैत्र २० गते देखि लागू हुने गरी दुई वा सो भन्दा बढी प्रदेश भई (राष्ट्रियस्तरका रुटमा) सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर समायोजन गरेको हो।

साथै पछिल्लो पटक भाडा समायोजन गर्दा आधार मानिएको मूल्यको तुलनामा इन्धनको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढीले बढेमा वा घटेमा विभागले अभ्यास गर्दै आएको वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था लागू गरिएको जनाएको छ ।

यातायात व्यवस्था विभागका प्रवक्ता एवं निर्देशक लोकनाथ भुसालका अनुसार यात्रुवहाक सवारीको १० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनमा १३ प्रतिशत तथा तराईको बाटोमा सञ्चालन हुने माल बाहक सवारी साधानमा १५ प्रतिशतले भाडा बढेको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports