२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भोलि राप्रपा अध्यक्ष लिङ्देन सहित शीर्ष नेताहरु भैरहवा आउने

936
shares

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन सहित शीर्ष नेताहरु सोमबार भैरहवामा आउने भएका छन् । राप्रपा रुपन्देहीले आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष लिङदेन सहितका नेताहरु भैरहवा आउने भएका हुन् ।

आमसभालाई लिङ्देन सहित उपाध्यक्ष ध्रुवबहादुर प्रधान, वरिष्ठ नेता दीपक बोहरा, नेता निरञ्जन थापा, प्रवक्ता ज्ञानेन्द्र शाही र केन्द्रीय सदस्य रेखा थापा सहितका नेताहरुले सम्बोधन गर्ने राप्रपा रुपन्देहीले आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । आमसभामा विभिन्न पार्टी परित्याग गरी करिब एक हजार नेता कार्यकर्ता राप्रपामा प्रवेश गर्ने राप्रपा रुपन्देहीका अध्यक्ष सागर प्रताप राणाले दावी गरे ।

मुलुकमा भ्रष्टाचार, बेथिती बढेको र राष्ट्रियता संकटमा परेकाले त्यसको विरुद्ध स्थानीय चुनावलाई लक्षित गरी आमसभा गरिएको राप्रपा लुम्बिनी प्रदेशका अध्यक्ष प्रदीप उदयले बताए।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports