तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

७१ जना निर्वाचन अधिकृतलाई जिम्मेवारी बाट हटायो निर्वाचन आयोगले

468
shares

काठमाडौं । निर्वाचन आयोग नेपालले निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि यसअघि तोकिएका ७१ जना निर्वाचन अधिकृतलाई जिम्मेवारी बाट हटाएको छ ।

बिहीवार आयोगले नियमित पत्रकार सम्मेलनमा निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि तोकिएका ७१ जना निर्वाचन अधिकृतलाई विभिन्न कारणले काम गर्न नसक्ने अवस्था सिर्जना भएको भन्दै उनीहरुको स्थानमा ७१ जना नयाँ निर्वाचन अधिकृत नियुक्त गरेको हो । नियमित पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन आयोग नेपालका सूचना अधिकारी एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले स्थानीय तह निर्वाचन २०७९ का लागि निर्वाचन आचारसंहिता २०७८ को प्रभावकारी कार्यान्वयन गर्ने सम्बन्धमा स्थानीय तह निर्वाचनमा भाग लिन आयोगमा दर्ता भएका राजनीतिक दल बाट प्रतिवद्धता लिने सम्बन्धी बैठक सम्पन्न भएको पनि बताए ।

उनले स्थानीय तह निर्वाचन २०७९ मा खटिने निर्वाचन अधिकृतहरुको प्रशिक्षण प्रदान गर्नका लागि चैत्र २३ गते निर्वाचन व्यवस्थापन तथा सञ्चालन मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रम काठमाडौंमा सम्पन्न भएको पनि बताए । सहायक प्रवक्ता अर्यालले भने, ‘मिति २०७८-१२-२२ गते स्थानीय तह निर्वाचन २०७९ का लागि निर्वाचन आचारसंहिता २०७८ को प्रभावकारी कार्यान्वयन गर्ने सम्बन्धमा स्थानीय तह निर्वाचनमा भाग लिन आयोगमा दर्ता भएका राजनीतिक दलबाट प्रतिवद्धता लिने सम्बन्धी बैठक सम्पन्न भएको छ ।

स्थानीय तह निर्वाचन २०७९ मा खटिने निर्वाचन अधिकृतहरुका लागि प्रशिक्षण प्रदान गर्नका लागि मिति २०७८-१२-२३ गते निर्वाचन व्यवस्थापन तथा सञ्चालन मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ । मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सहभागी बनेका सहभागीहरुले २०७८ चैत्र ३० गते र २०७९ साल वैशाख २ गते प्रदेशस्तरमा सञ्चालन हुने आठ स्थानमा हुने प्रशिक्षण कार्यक्रममा मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र निर्वाचन अधिकारीहरुलाई प्रशिक्षण प्रदान गर्ने कार्यक्रम रहेको छ ।

निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि आयोगको निर्णय बमोजिम यसअघि तोकिएका निर्वाचन अधिकृतहरु मध्ये २०७८-१२-२३ को निर्णय अनुसार ७१ जना निर्वाचन अधिकृतलाई विभिन्न कारणले उनीहरुको जिम्मेवारी वहन गर्न नसक्ने भएको कारणले त्यो जिम्मेवारीबाट हटाइएको छ भने ७१ जनालाई निर्वाचन अधिकृतको रुपमा नयाँ नियुक्ति गरिएको छ ।’ सहायक प्रवक्ता अर्यालले मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सहभागी भएका सहभागीहरुले २०७८ चैत्र ३० गते र २०७९ साल वैशाख २ गते प्रदेशस्तरमा आठ स्थानमा सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र निर्वाचन अधिकारीहरुलाई प्रशिक्षण प्रदान गर्ने कार्यक्रम रहेको पनि जानकारी दिए ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports