तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

१२ वटा ट्रेड युनियनको दर्ता खारेज

429
shares

काठमाडौं । १२ वटा ट्रेड युनियनको दर्ता खारेज भएको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले बुधबार निजामती सेवा ऐन २०४९ अन्तर्गत दर्ता भएका ८ वटा र स्वास्थ्य सेवा ऐनअन्तर्गत दर्ता भएका ४ वटा ट्रेड युनियनको दर्ता खारेज गरेको हो।

सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश जारी गर्दै दलगत निजामती कर्मचारी र राष्ट्रिय स्तरका ट्रेड युनियन खारेज गरेको थियो।निजामती कर्मचारीहरूको ट्रेड युनियनतर्फ नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, नेपाल मधेसी निजामती कर्मचारी मञ्च, नेपाल स्वास्थ्यकर्मी संघ, मधेसी स्वास्थ्यकर्मी फोरम नेपाल, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल, स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन नेपालको दर्ता खारेज भएको हो।

स्वास्थ्य सेवा ऐनअन्तर्गत दर्ता भएका नेपाल स्वास्थ्यकर्मी युनियन, स्वास्थ्यकर्मी युनियन नेपाल, राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल, राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनको पनि दर्ता खारेज भएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports