तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अध्यक्ष ओली र सुदूरपश्चिम सभा सांसदहरू बिचको संवाद बिनानिष्कर्ष टुंगियो

299
shares

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्माओली र सुदूरपश्चिम प्रदेशसभा सांसदहरू बिचको संवाद बिनानिष्कर्ष टुंगिएको छ । दलको नेता फेरबदलको विषयलाई लिएर विवाद उत्पन्न भएपछि अध्यक्ष ओलीले बुधबार सांसदहरूलाई आफ्नो निवास गुन्डुमा बोलाएका थिए ।

झन्डै चार घण्टा चलेको छलफलमा कुनै निष्कर्ष ननिस्किएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । भट्टका अनुसार शुक्रबार फेरि बस्ने गरी छलफल टुंगिएको छ ।‘छलफलमा कुनै निष्कर्ष निस्किएको छैन । अध्यक्षले केही बोल्नुभएको छैन । सबैका कुरा सुन्नुभयो । शुक्रबार विवाद समाधान गर्नेगरी टुंगिएको छ’,  भट्टले भने ।

छलफलमा दलका नेता राजेन्द्रसिंह रावलसहित सबै सांसद सहभागी थिए । सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री रहेका रावलको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेता फेरबदलको पक्षमा अध्यक्ष ओलीसँग लविङ गरेका थिए ।नेताबाट रावललाई हटाएर नेता बन्ने दौडमा उपनेता सन्तोषकुमारी शर्मा (थापा), प्रमुख सचेतक चक्रबहादुर मल्ल लगायत सांसदहरू सक्रिय रहेका छन् । यद्यपि आजको बैठकमा दलको नेता फेरबदल गर्ने विषयमा कुनै निर्णय नभएको सन्तोषकुमारी शर्मा थापाले जानकारी दिइन् ।

‘अध्यक्षसँग हामीले आ–आफ्ना धारणा राख्यौँ । उहाँ(अध्यक्ष) ले सुन्नु मात्र भयो । केही भन्नुभएन । सहमतिमै दलको नेता परिवर्तन गर्ने वा निर्वाचन प्रक्रियाबाट अगाडि बढ्ने भन्ने विषयमा अर्को बैठकले निर्णय गर्छ’, थापाले भनिन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports