यस्तो छ आज विहिवारकालागि तोकिएको विदेशी मुद्राको विनिमय दर
वि.सं.२०८३ वैशाख २४ बिहीवार ०९:०८
shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार, अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६८ पैसा तोकिएको छ ।
यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ७० पैसा र बिक्रीदर ११० रुपैयाँ १३ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ९ पैसा र बिक्रीदर १११ रुपैयाँ ५३ पैसा तोकिएको छ ।युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ५ पैसा र बिक्रीदर १७८ रुपैयाँ ७५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०६ रुपैयाँ ४ पैसा र बिक्रीदर २०६ रुपैयाँ ८६ पैसा कायम गरिएको छ ।




































