kumari
stcnepal

४४ अंकले घट्यो नेप्से

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ४४ दशमलव ६४ अंकले घटेर २,४१९ दशमलव ७१ को विन्दुमा कायम भएको छ । आज १७ वटा कम्पनीको मात्रै शेयर मुल्य बढेको छ भने १७६ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक घटेका छन् ।

आज दिनभरिमा २३३ वटा कम्पनीको ५० लाख ९५ हजार ८३४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २६ करोड ७ लाख ८६ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको १६ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, निफ्राको ७ करोड द्द१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ६ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ६ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ६ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यसैगरी आज सबैभन्दा धेरै नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । जाल्पा सामुदायिक लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले २ दशमलव ६९ प्रतिशतका दरले कमाएका हुन् ।

 

footer