प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बेरुजु फर्स्‍योटमा उत्कृष्टता हासिल हुने गरी मिहिनेत गर्न नेपाल सरकारका सबै निकायलाई आह्वान : गृहमन्त्री खाण

546
shares

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले बेरुजु फर्स्‍योटमा उत्कृष्टता हासिल हुने गरी मिहिनेत गर्न नेपाल सरकारका सबै निकायलाई आह्वान गरेका छन् । गृहमन्त्री खाणले बेरुजु फर्स्‍योटमा गम्भीर हुन र सबै आय, व्ययलाई दुरुस्त गर्न पनि सम्बन्धित सबै निकायलाई सचेत गराए ।

सशष्त्र प्रहरी बल, नेपालका महानिरीक्षक शैलेन्द्र खनालको विदाइमा सोमबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पूँजीगत खर्च गर्न नसकेर बजेट नै कोल्याप्स हुने अवस्था आउन नदिन पनि सबै सरकारी निकायलाई आग्रह गरे । उनले पूँजीगत खर्चको व्यवस्थापन गर्दै जनतालाई प्रतिफल दिनेगरी विकास, निर्माणको काममा तीव्रता दिन जरुरी रहेको पनि बताए ।

गृहमन्त्री खाणले भने, ‘ सरकारका समग्र विभागहरुलाई बेरुजु फर्स्‍योटमा गम्भिर हुन, बजेटलाई नियम सम्मत रुपमा खर्च गर्न र हरहिसाव दुरुस्त राख्नका साथै बेरुजु फर्स्‍योटमा उत्कृष्टता हासिल गर्न मिहिनेत गर्नुस् भनेर आह्वान गर्न चाहन्छु । हामी कहाँ बजेट बनाउँदा खेरी पहिलो त्यो घाटाको बजेट बनाएकै हुन्छौं । विकास, निर्माणको प्रतिफल जनतामा पुर्‍याउँछ । त्यस कारणले गर्दा खेरी हामीले भौतिक क्षेत्रमा गरिने खर्चलाई पनि हामीले व्यवस्थित गर्न जरुरी छ । खर्च गर्न नसकेर बजेटनै ल्याप्स हुने अवस्था नआओस् ।’

गृहमन्त्री खाणले नेपाल प्रहरी र सशष्त्र प्रहरी बल, नेपालले बेरुजु फर्स्‍योट कार्यमा उत्कृष्टता हासिल गरेको भन्दै प्रशंसा समेत गरे । कार्यक्रममा बोल्दै सशष्त्र प्रहरी बल, नेपालका महानिरीक्षक खनालले आफू सेवा बाट अवकाश प्राप्त भएपनि देश र जनताप्रति सदा उत्तरदायी भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports