विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आर्थिक संकट भयो भनेर राजनीतिकरण गरियो : अर्थमन्त्री शर्मा

611
shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देशमा आर्थिक संकटको अवस्था आयो भनेर गलत प्रचारबाजी भइरहेको बताएका छन् । अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री शर्माले अर्थतनत्रका सुचकहरु सार्वजनिक गर्दै अर्थतनत्रलाई नियमित गतिमा चल्न दिनुपर्ने बताए ।

‘आम जनमानस र व्यवसायिक जगतलाई हतोत्साहित गर्न हुँदैन, राजनीतिकरण गर्नु हुँदैन,’ उनले भने,’अर्थतन्त्र ठूलो संकटमा गयो भनेर प्रचार गर्नुपर्ने अवस्था छैन ।’ उनले सतर्क भएर जान अर्थमन्त्रालय लागेको भन्दै संकट टार्न विभिन्न निर्णयहरु गर्न मन्त्रिपरिषदमा प्रस्ताव पुगेको बताए ।

शर्माले सार्वजनिक ऋण वाञ्छित सीमा भित्रै रहेको बताए । उनका अनुसार नेपालको कुल सार्वजनिक ऋण १८ खर्ब ५४ अर्ब मात्रै रहेको उनले जानकारी दिए । यो कुल गाहस्थ्र्य उत्पादनको ४३.४ प्रतिशत हुने उनले बताए । जुन दक्षिण एसियाको अन्य मुलुकको तुलनामा न्युन भएको उनको दावी छ । उनका अनुसार चालु आर्थिक वर्षमा ४० अर्ब ६६ करोड भुक्तानी गर्नुपर्ने छ, जुन हाल रहेको वैदेशिक विनिमय सञ्चितिको तुलनामा न्युन भएको शर्माले दावी गरे ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports