विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आजबाट ठूलो संख्यामा प्रहरी महानिरीक्षक सहित उच्च अधिकृत अवकाशमा

845
shares

काठमाडौं ।आज देखि नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री सहित १९ जना उच्च प्रहरी अधिकारीहरु सेवा निबृत भएर घर जाँदैछन् । २०४९ साल वैशाख १९ गते नेपाल प्रहरीको निरीक्षकमा भर्ना भएका ९८ औं ब्याचका अधिकारीहरु ३० वर्षे सेवा अवधि पूरा गरी घर जान लागेका हुन् ।

३० वर्षे सेवा अवधिका कारण बिदा लिनेमा प्रहरी महानिरीक्षक क्षेत्री, प्रहरी अतिरिक्त महानिरीक्षकहरू हरिबहादुर पाल, प्रधुम्न कार्की, निरजबहादुर शाही र बसन्तकुमार पन्त रहेका छन् । सोही ब्याचका ११ जना प्रहरी नायब महानिरीक्षकहरूले समेत आजै देखि अवकाश पाउँदैछन् ।

सेवामा अवधिका कारण अनिवार्य अवकाशमा जाने डिआईजीहरूमा घनश्याम अर्याल, प्रकाशजंग कार्की, गणेशबहादुर ऐर, रामकृपाल साह, प्रकाश अधिकारी, नवराज भट्ट, उमेश रञ्जितकार, देवबहादुर बोहोरा, पुरूषोत्तम कणेल, राजेन्द्र चौधरी रहेका छन् । डिआईजी राजेशलाल कर्णले उमेर हदका कारण गत हप्तानै अवकाश लिएका थिए । सोही ब्याचका तीनजना प्रहरी वरिष्ठ उपरीक्षकहरू प्रदिप श्रेष्ठ, वीरेन्द्र वस्याल, नवराज भट्टसमेत आजैदेखि ३० वर्षे सेवा अवधि सकिएर घर जाँदैछन् ।

प्रहरी महानिरीक्षक सहित ठूलो संख्यामा उच्च प्रहरी अधिकारीहरुले अवकाश पाउने भएपछि ति पदहरुमा बढुवाका लागि तयारी पनि थालिएको छ । आईजीपी लगायत एआईजी नियुक्ति भने आजको मन्त्रिपरिषद् बैठकले गर्नेछ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports