विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेको उदासिनताका कारण स्थानीय तहको तामलेलले अपेक्षाकृत परिणाम दिन सकेन : अध्यक्ष कमल थापा

611
shares

काठमाडौं ।राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमालेको उदासिनताका कारण स्थानीय तहको तामलेलले अपेक्षाकृत परिणाम दिन नसकेको बताएका छन् । सोमबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकमा थापाले पार्टी पुनर्गठन भएको छोटो समयमा चुनाव जानुपर्ने बाध्यात्मक अवस्था रहेको सुनाए । चुनावमा भाग नलिन सक्ने भएपनि बहिस्कर गर्दा गलत सन्देश जाने भएकाले सांकेतिक रुपमा मात्र भाग लिएको उनले बताए ।

थापाले भनेका छन्, चुनावमा हामीले एमाले सँग सहकार्य गर्ने निर्णय गर्‍यौं । व्यवहारिक र रणनीतिक रुपमा ठीक भएपनि एमालेको उदासिनताका कारण स्थानीयस्तरमा सहकार्य अपेक्षाकृत परिणाममुखी हुन सकेन ।’ राप्रपाले देशभर एमालेलाई समर्थन गर्दै केही स्थानमा सूर्य चिह्न बाट चुनाव लड्ने सहमति गरेको थियो । तर कुनै पनि पालिकाको प्रमुख वा उप्रमुखमा उम्मेदवारी पाएन ।

स्थानीय चुनावको अनुभव बाट पाठ सिकेर आगामी संसदीय निर्वाचनको तयारी गर्नुपर्ने थापाले बताएका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports