विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौं, धरान लगायतका स्थानमा स्वतन्त्र उम्मेदवारको जितलाई हेरेर राजनीतिक दलहरु असफल भइसके भन्ने निष्कर्षमा नपुगौं : कांग्रेस प्रवक्ता

650
shares

काठमाडौं ।नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले काठमाडौं, धरान लगायतका स्थानमा स्वतन्त्र उम्मेदवारको जितलाई हेरेर राजनीतिक दलहरु असफल भइसके भन्ने निष्कर्षमा पुग्न नहुने बताएका छन् ।

स्थानीय चुनावको परिणाम बारे पार्टीको धारणा सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा डा. महतले केही अपवादलाई लिएर पार्टीहरु असफल भइसके भन्ने निष्कर्षमा पुग्न नहुने बताए ।

उनले भने, ‘बेलाबेला विभिन्न खाले हावा चल्छ, मान्छेहरुको यसले केही गर्छ कि हेरिहालौं भन्ने हुन्छ । यसलाई हाम्रो पार्टीले नोटिसमा लिएको छ, नजिजा बाट हेछौं, कहाँ कमजोरी भयो समीक्षा गर्छौं ।’

के कारणले युवा पङ्ति असन्तुष्ट भए भनेर समीक्षा गर्ने र आगामी दिनमा उनीहरुको भावनालाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर कोशिस पनि गर्ने उनले बताए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports