विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकाका लागि विद्यालय निर्माण गर्ने राउण्ड टेबल नेपालले विशेष कार्यक्रम गर्ने

780
shares

काठमाडौं । डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकाका लागि विद्यालय निर्माण गर्ने लक्ष्यका साथ राउण्ड टेबल नेपालले विशेष कार्यक्रम गर्ने भएको छ । स्कुल फर स्पेसल नाउँ दिइएको यो परियोजना अन्तर्गत पहिलो चरणमा काठमाडौं उपत्यकामा एक विशेष स्कुल निर्माण गरिनेछ । यस्तै डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकालाई पढाउने जुनसुकै स्कुलको विकास र बृद्धिका लागि विशेष सहयोग समेत गरिनेछ ।

विद्यालय निर्माणका लागि आवश्यक रकम जुटाउन ४ असारमा द मल्ल होटलमा ‘जुन वियर कार्निभल’ गरिने राउण्ड टेबल नेपालले जनाएको छ । राउण्ड टेबलले निकालेको विज्ञप्तिमा बालबालिकाहरुको शिक्षा तथा वैयक्तिक विकासमा सहयोगी बन्ने अभिप्रायका साथ राउण्ड टेबलले यूवा लक्षित कार्यक्रमको आयोजना गर्न लागेको उल्लेख छ ।

सन् १९२७ मा वेलायतमा स्थापना भएको राउण्ड टेबल इन्टरनेशनललाई सिके गोल्छाले १९८९ मा नेपाल भित्र्याएका थिए । यूवा उद्यमीहरुको सामाजिक संस्थाको रुपमा पहिचान पाएको राउण्ड टेबल नेपाल सक्रिय सामाजिक सेवामा सक्रिय रहँदै आएको छ । राउण्ड टेबलले ३६ हजार भन्दा बढी विद्यार्थी लाभान्वित हुनेगरी देशका २६ विद्यालयमा १७० भन्दा बढी कक्षा कोठा निर्माणमा सहयोग गरिसकेको जनाएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports