विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आयल निगमको भलबारी डिपोमा लागेको आगो नियन्त्रणमा

624
shares

काठमाडौं ।नेपाल आयल निगमको भलबारी डिपोमा लागेको आगो नियन्त्रणमा आएको छ । डिपोको पेट्रोल भण्डारणको मुखैमा लागेको आगो भर्खरै नियन्त्रणमा आएको डिपो प्रमुख नवविनोद पोखरेलले बताए । ‘बिहान ११ बजेर ५५ मिनेटमा लागेको नियन्त्रणमा आएको छ । कुनै मानवीय क्षति भएको छैन’ पोखरेलले भने, ‘दुई वटा पेट्रोल ट्यांकरमा लागेको आगो निभेको छ । हाललाई डिपो बन्द गरेर थप सुरक्षा चेक जाँच भइरहेको छ ।’

बिहान डिपोमा पेट्रोल खन्याउन आएका ५ वटा मध्ये पहिलो लाइनमा रहेका २ वटा ट्यांकरमा आगो लागेको उनले बताए । ‘पेट्रोल खन्याउने क्रममा एक्कासी आगो लाग्न थाल्यो, पहिलो ट्यांकर जल्न पुग्यो । टायर पड्केका कारण दोस्रो ट्यांकरलाई हटाउन सकेनौं,’ पोखरेलले भने, ‘डिपो भित्रै लागेको आगो बाट ठूलो दुर्घटना टर्‍यो । अहिले डिपो सुरक्षित छ ।’

अहिले डिपो पूर्ण रुपमा आगो बाट सुरक्षित पारिएको र थप अनुसन्धान भइरहेको उनले बताए ।डिपोमा ३० लाख लिटर डिजेल र ५ लाख लिटर पेट्रोल भण्डारण हुन्छ । आगो थप फैलिएको भए अकल्पनीय दुर्घटना हुने भन्दै डिपोले घटना बारे अनुसन्धान भइरहेको जनाएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports