विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्यो

585
shares

काठमाडौं ।नेपाल राष्ट्र बैंकले स्थानीय तह निर्वाचनका कारण अर्थतन्त्र थप चलायमान भएको बताएको छ । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले यस्तो टिप्पणी गरेको हो ।

कोभिड–१९ संक्रमण जोखिम कम भए सँगै आर्थिक गतिविधि समेत विस्तार हुन थालेको नेपाल बैंकले जनाएको छ । केन्द्रीय तथ्यांक विभागले चालु आवमा कुल गार्हस्थ उत्पादन ५.८४ प्रतिशतले आर्थिक वृद्धिदर हुने अनुमान गरेको छ । स्थानीय तह निर्वाचनले मूल्यमा भने चाप परेको जनाएको छ ।

चालु आर्थिक वर्षको पहिलो ९ महिना सम्म औसतः मुद्रास्फीति लक्षित सीमा भित्र रहेको भन्दै स्थानीय तह निर्वाचन, पेट्रोलियम पदार्थको मूल्यमा भएको भारी वृद्धि, रुस–युक्रेन युद्ध र महामारी पछि आन्तरिक मागमा आएको विस्तारले मूल्यमा चाप परेको नेपाल राष्ट्र बैंकको भनाइ छ । २०७८ चैतमा मुद्रास्फीति ७.२८ प्रतिशत पुगेको थियो भने २०७७ चैतमा मुद्रास्फीति ३.१० प्रतिशत मात्रै थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार आयातमा भएको उल्लेख्य वृद्धि र विप्रेषण आप्रवाह स्थिर रहँदा बाह्य क्षेत्र भने अझै दबावमा रहेको छ । बाह्य क्षेत्रमा चालु खाता तथा शोधनान्तर घाटा बढेको छ । विदेशी विनिमय सञ्चितिले आयात धान्न सक्ने क्षमता समेत घटेको नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports