विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारतबाट चिनी ल्याउन प्रतिबन्ध, अब नेपालमा चिनीको हाहाकार हुने निश्चित

689
shares

काठमाडौं ।भारत सरकारले बुधबार बाट नेपाल सहितका देशहरुमा चिनी निर्यातमा रोक लगाएको छ । यसअघि आयात प्रक्रियामा रहेको भन्दा बाहेक चिनी भारतले प्रतिवन्ध नखुलाए सम्म अब नेपालले आयात गर्न पाउने छैन् ।

भारत सरकारले निर्यातमा रोक लगाउने निर्णय गरेसँगै नेपाली बजारमा चिनीको कृतिम अभाव सिर्जना गर्ने कार्य व्यापारी बाट सुरु भइसकेको छ भने उपभोक्ताले पनि चिनी स्टक राख्न एकै पटक बढी खरिद गर्न सुरु गरेका छन् । यसले बजारमा चाँडै चिनी अभाव हुने देखिएको छ ।भारतले गहुँ निर्यातमा रोक लगाए सँगै चिनी लगायतका बस्तुमा पनि रोक लगाउने संकत गरेको थियो । यो विषयलाई सरकारले नबुझे पनि व्यापारीहरुले भने बुझिसकेका थिए । जसले गर्दा बजारमा भएको चिनी व्यापारीले लुकाउन थालेका छन र सरकारको आफ्नै संयन्त्र सँग चिनी स्टक छैन् ।

स्वभाविक रुपमा मागको आधा पनि उत्पादन गर्न नसक्ने नेपाललाई भारतले चिनी निर्यातमा रोक लगाए सँगै प्रत्यक्ष असर पार्छ । अहिले पनि नेपालमा भारत बाट वार्षिक एक लाख ६० हजार भन्दा माथि मेट्रिकटन चिनी आयात हुने गरेको व्यसायीहरु बताउँछन् । भन्सार विभागका अनुसार नेपालको उत्पादनले वार्षिक मागको करिब ५० प्रतिशत मात्रै माग धान्न सक्छ । बैशाख महिनाकै तथ्यांक हेर्ने हो भने नेपाली बजारमा वार्षिक तीन लाख मेट्रिकटन चिनी खपत हुने देखिन्छ । अब नेपालमा अपुगहुने चिनी सरकारले तेस्रो मुलुक बाट खरिद गरी आयात गर्नुपर्छ । जुन लागतका हिसावले पनि महंगो पर्न आउँछ ।

उद्योगीहरुको भनाइलाई आधार मान्दा नेपालमा अहिले वार्षिक करिब एक लाख ४० मेट्रिकटन चिनी उत्पादन हुन्छ । तर, यो विवरण सँग उद्योग मन्त्रालयको रेकर्डले मेल खाँदैन् । सरकारी तथ्यले ९० हजार मेट्रिक्टन सम्म चिनी आन्तरिक उत्पादन हुने देखाउँछ ।

नेपालमा चिनी आयात गर्ने सरकारी स्वामित्वको नेपाल साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले चिनी मौज्दात सकिन लागेपछि टेण्डर खोल्ने तयारी गर्दैछ । अन्तर्राष्ट्रिय स्तरमा टेन्डर आह्वान गरेपछि चिनी आउने विषयमा थाहा हुन्छ । तर, अहिलने बाजारमा भने चिनीको अभाव सुरु भइसकेको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports