विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

झापामा कुन दलको अबस्था कस्तो छ ?

624
shares

काठमाडौँ ।गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । ७५३ स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले कार्यभार सम्हालिसकेका छन् । झापामा ८ नगरपालिका र ७ गाउँपालिका गरी १५ स्थानीय तह रहेका छन् ।

निर्वाचन आयोगको विवरण अनुसार झापाको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट नगरप्रमुखमा पुरुष ५, महिला १, पालिका अध्यक्षमा १ पुरुष, उपप्रमुखमा पुरुष १, उपप्रमुख महिला ४, उपाध्यक्षमा पुरुष २, महिला ३, वडाध्यक्षमा ६१ पुरुष, वडा सदस्यमा महिला ८५, दलित महिला ८३, सदस्यमा पुरुष १६७, महिला ४ जना गरी ४१७ जना निर्वाचित भएका छन् ।

नेपाली कांग्रेस बाट नगरपालिका प्रमुखमा पुरुष १, गाउँपालिका अध्यक्षमा ४ पुरुष, महिला १, उपप्रमुखमा महिला २, उपाध्यक्षमा महिला १, वडाध्यक्षमा ५१ पुरुष, महिला सदस्य ३३, दलित महिला सदस्य ३५, सदस्य पुरुष ६५ गरी १९३ जना निर्वाचित भएका छन् । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रबाट वडाध्यक्षमा पुरुष ७, महिला सदस्य ४, दलित महिला सदस्य ३, पुरुष सदस्यमा ४ गरी कुल १८ जना विजयी भएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमुखमा पुरुष १, पालिका अध्यक्षमा पुरुष १, उपप्रमुखमा महिला १, उपाध्यक्षमा महिला १, वडाध्यक्षमा पुरुष ७, महिला सदस्य ७, दलित महिला सदस्य ८, वडा सदस्यमा पुरुष १५ र महिला १ गरी जम्मा ४२ जना निर्वाचनमा विजयी भएका छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट वडा सदस्यमा पुरुष १ जना निर्वाचित भएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बाट वडाध्यक्षमा पुरुष १, सदस्यमा महिला १, दलित महिला सदस्य १, सदस्यमा पुरुष २ गरी जम्मा ५ जना विजयी भएका छन् । यस्तै, स्वतन्त्रबाट वडाध्यक्षमा पुरुष ४, महिला सदस्य १, दलित महिला सदस्य १, सदस्य पुरुष ३ गरी ९ जना विजयी भएका छन् । झापाको स्थानीय तहमा निर्वाचित हुने जनप्रतिनिधिको संख्या ६८५ रहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports