सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अर्को परिवर्तन हुन्छ, जनताबाटै निस्कन्छ नेतृत्व

624
shares

 

राजन कार्की
मात्र गणतन्त्र र लोकतन्त्रको गाईजात्रा देखिन्छ । व्यवस्थित गर्ने कर्तव्य सम्झेर देखिनु पर्ने राजा देखिदैनन्, देखिनुपर्ने सेना देखिदैन । मात्र कुशासन देखिन्छ । कुशासनले यति ठूलो परिवर्तनको अर्थ र औचित्य किनारा लगाइदियो ।
संविधान फेल भयो, संसद अर्थहीन भयो, नेतृत्व चुक्यो, नागरिक समाजले बाटो बिरायो । पद्धति असफल भएर देश समाप्त हुँदैन । हो, असफल मुलुकका विशेषताहरु बढेका छन् । तर जनता असफल छैनन् । जनतामा चेत छ, राजनीति छ, प्रशासन छ, यही चेतबाट देशभक्ति टुसाउनु पर्छ । देशलाई उचाल्ने नेतृत्व यही समाजबाट जन्मनुपर्छ । जन्मिन्छ, किन ढिलो भइरहेको भन्नेमात्र प्रश्न हो ।
विदेशीहरुले जतिसुकै ¥याल काढे पनि, स्वदेशी नेताहरु जतिसुकै विदेशीका भरिया बने पनि आमनागरिकमा देशप्रतिको अगाध भक्रि छ । त्यो देशभक्तिले देश बचाउँछ, यो असफल नेतृत्वलाई किनारा लगाएर सक्षमलाई अगाडि ल्याउँछ । प्रतिक्षा त्यही साइतको छ ।
धर्मो रक्षति रक्षत मान्ने हो भने अव कोर्टमार्शलको अवतार चाहियो । नेतृत्व क्षमता यसरी चुहिएर, तुहिएर, खिइएर पतनमार्गमा छ कि यो पतनलाई रोक्न सकिएन भने देशको अस्तित्व नै समाप्त हुनसक्छ ।
जब लोकनेतृत्वले लोकको रक्षा गर्न छाडेर बत्तीमा पुतली होमिएझैं ज्यान फाल्छन्, तव त्यो पद्धतिले काम गर्दैन । नैतिक पतन भएको नेतृत्वले संविधान बोक्दैन, लोकलज्जाको कुनै सीमा उल्लंघन बाँकी रहदैन । सत्य युगमा असुरहरूको यस्तै चाला हुँदा भगवानले अनेक अवतार लिनुपरेको थियो, धर्मको रक्षा गर्नुपरेको थियो । नेपालको वर्तमान कालखण्डमा नेतृत्वमा असुर सवार छ, त्यसैल जो सरकारमा छ उसले जनतातिर हेर्न सकेन । जो संसदमा छ, उसले जनादेशको मर्यादा राख्न सकेन । जो ठूला पार्टी हुन्, तिनले सत्तामात्र हेरे । जो नागरिक अगुवा ठान्छन्, उनीहरु पनि पार्टीका पिछलग्गु बन्न पुगे । यसैको सार दृश्य हो– जनता ज्यूँदै मरिरहनु, मरेपछि पनि दुःख झेल्न पर्नु । यस्तो दृश्य भनेको राजनीतिक अधर्म हो । यो अधर्मलाई रोक्न र राजनीतिक धर्म स्थापनाका लागि कोर्टमार्शलको कुनै विकल्प छैन ।
कोर्टमार्शल सेनाले मात्र गर्ने होइन । जनताले पनि गर्न सक्छन् । परम्परागत शक्तिले पनि गर्न सक्छन् । जसले गरे पनि जनताले खोजेजस्तो न्याय स्थापनाका लागि गरिने कार्य धर्मयुद्ध नै हो । नेपाल कोर्टमार्शल धर्मयुद्धको मैदानमा पुगिसकेको छ । हार अस्तित्वको बिनास हो, जीत जनताको खोजेको विधिको शासन हो । जिम्मेवारी र जवाफदेही शासन हो ।
जब जब असुरहरू बढ्छन्, धर्म विनास गर्न थाल्छन्, तव तव सत्य युगमा भगवानले अनेक अवतार लिने गर्थे । अहंकार, हिंसा, अन्यायको बिनास र धर्मको रक्षाका लागि विष्णुले १० अवतार लिएको बृतान्त हिन्दुशास्त्रहरुमा पाइन्छ ।
मत्स्य, कछुवा, बराह, नरसिंह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध र कल्की अवतारहरु सत्यको स्थापना, अहंको बिनास, हिरण्याक्ष, हिरयण्यकश्यपु, अहंकार, लोभ–पाप, शकुनीको जस्तो जालझेल, विकृति र अशान्तिबाट शान्ति र अतिशयोक्तिबाट समानताका लागि भगवानले अवतार लिएका हुन् ।
सत्य, त्रेता, द्वापर थियो थिएन, कलीयुग हो होइन, शास्त्रास्त गर्न सकिन्छ तर निष्कर्ष एउटै हो– अतिचारको अन्त, समानता र शान्ति । यो शताब्दीलाई बिधिको शासन, मानवाधिकारको युग भनिएको छ, यो अत्याचारको अन्त र शान्ति तथा समृतिको खोजका लागि हो । लोकतन्त्र लोकावतार मान्ने हो भने अव लोकावतारले बढ्दो हिंसा, अपराधिकरण, पापाचार, दूराचारको अन्त्य गर्नुपर्छ । एकथरि निरंकूशताको अन्त्य गर्न लोकावतार त देखियो, लोकतन्त्र आयो पनि, निरंकूशताको अन्त हुनसकेन, झन बढ्यो । लोकतन्त्र न्यायको बधशाला पो बन्नपुग्यो । असली लोकावतार कहिले हुने हो ?
महर्षि वेदव्यासले जीवन र जगतको निष्कर्ष निकाल्दै भनेका थिए– १८ पुराण पढेर मैले दुई कुराको ज्ञान पाएँ । पहिलो परोपकार गर्नु धर्म हो, दुःख दिनु पाप हो ।
प्रजातन्त्र भन्नु नै आफू र आफ्नो समाजको भार काँधमा बोक्नु हो । त्यही प्रजातन्त्रको नाम आजकल लोकतन्त्र भएको छ । नाम फरक होस्, उद्देश्य एउटै हो– स्वराज, समानता र सम्प्रभुता । जुन वर्तमान नेपालमा स्यालको सिङ् बन्नपुगेको छ ।
प्रजातन्त्रको यस परिभाषामा हेर्ने हो भने लोकतन्त्र असफल भइसक्यो । दही मथे न घीउ आउँछ, फोहर मथेर भाइरसमात्र बढ्छ । लोकतन्त्र फोहर थुपार्ने कन्टेनर जो बनेको छ । शुद्धिकरण र निर्मलीकरण भएको छैन । लोकतन्त्र सेतो कपडा हुनुपथ्र्यो, जहाँ सानो सानो दाग पनि देखियोस् । हाम्रो लोकतान्त्रिक पद्धति नाममा सिमित छ, कालाम्मे भएर सेता भाग नै छैन । यो स्थिति भनेको लोकतन्त्रभित्र बिधि बस्न नसक्नु हो । अर्थात अराजक तन्त्र बन्यो लोकतन्त्र । देउताको विश्वास भए न पूजा हुन्छ, लोकतान्त्रिक फाँट हेरौं, अनियमितता र अविश्वासको ढुङ्गे बगर मात्र देखिन्छ ।
ढुंगामा प्राण प्रतिष्ठा भएपछि देउता हुने हो । लोकतन्त्रमा लोक विश्वास नै छैन, अनि कसरी राजनीतिक देउता लोकजीवनमा देखिन्छ, आस्थामा भेटिन्छ ।
कुनै क्षेत्रमा कसैले जनताप्रतिका जिम्मेवारी बहन गरेनन् । जनयुद्धका प्रतिवद्धता के के थिए ? जनआन्दोलनमा कुन कुन आश्वासन दिइएको थियो ? दुई दुई संविधानसभा र संविधान जारी भएपछिको आमनिर्वाचनमा जारी पार्टी घोषणापत्रहरुमा पार्टी र नेताहरुले के के कबुलियत गरे ? ती बाचा, माँग, प्रतिवद्धता, कबुलियत एउटा पनि पूरा हुनसकेनन् । न गर्नेले कारण खुलाएर देशसँग क्षमा माँगे, न जनताले नै खोई तिम्रो प्रतिवद्धता भनेर सोध्नसके ?
पित्तल भए पनि पहेँलो देखेपछि सुनै हो भन्ने गलत प्रचलन छ राजनीतिमा । गिलोजति सबै हलुवा हुँदैन भनेर बुझेका छन्, जनता लाटा छैनन्, तर पार्टीका कार्यकर्ता बढी र जनता कम भएकाले बुझे पनि निष्कर्ष देखिदैन ।
मरे जनता, पीडा जनताले भोगे । हाहाकार जनतालाई भयो, बाँच्ने चुनौती जनताले सहिरहेका छन् । हिँडेको शान्ति र सम्पन्नतातिर, १४ वर्षपछि पनि घुम्दैफिर्दै रुम्जाटारमै । भ्रम र आश्वासनमात्र दिने, जनताको शोषण गरिरहने, यो मानवीय कि राक्षसी प्रवृत्ति, कुन हो ? मानवीयता देखिदैन, आसुरी प्रवृत्तिले समृद्ध नेपाल, सुखी नेपाली भइँदैन । समयले हरेकका सामु सक्ष प्रश्न खडा गरेको छ ?
पञ्चायतविरुद्ध प्रजातन्त्र र परिवर्तनको नारा बोकेको लोकतन्त्रकका लागि वर्तमान कालखण्डका सबै नेताहरु लडेका हुन् । सत्ता परिवर्तनमा सफल भए, जनस्तर परिवर्तनमा तात्वीक परिवर्तन केही पनि गर्न सकेनन् । स्वार्थमा लटपटिदा नेताहरु असफलता र अयोग्यताको सिकार भइरहेका छन् ।
जनताले जसलाई कोर्टमार्शल गर्नुपर्ने हो, तिनीहरु जनताकै शासनाधिकारी बनेर जनाधिकारमाथि नै कब्जा जमाइरहेका छन् ।
लेण्डुपले सन १९७५ मा देशलाई भारतको पोल्टामा हाल्ने नकाम गरे । जयचन्दले आफ्नै शासक पृथ्वीराज चौहानलाई हराउन हमला गर्न आएका महमद गोरीलाई देशको पस्ने ढोका खोलिदिएर सघाए । आज ठूला पार्टीहरू विदेशीका भरिया बनेका देश्यहरू सतहमा देखिन थालेका छन् । कतै यिनै नेताहरुले हामीलाई धोका दिएर स्वाधीनताबाट पराधीन बनाइदिने त होइनन् ?

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports