सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कम्फर्टेबलवालाहरुले देखे विदेशी हस्तक्षेप

468
shares

 

केहि दिन पहिला भारतको लागि पनि कम्फर्टेवल सरकार बनाउने उद्घोष गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका पाँच पूर्व प्रधानमन्त्रीहरु काग्रेसका सभापति शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बावुराम भट्टराइले नेकपा एमाले अध्यक्ष एव प्रधानमन्त्री केपी ओली विदेशी स्वार्थ अनुकूल चलेको आरोप लगाउदै नेपालको राजनितिकमा बाध्य शक्तिको हस्तक्षेप र चलखेल प्रति सजग रहन अपिल प्रकाशित गरेका छन् । उनीहरुले हालै एक संयुक्त वक्तव्य प्रकाशित गर्दे त्यस्तो अपिल गरेका हुन् । अपिलमा आन्तरिक राजनितिमा बाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप एवं चलखेल हुन नपाओस् भन्नेमा सजगतका लागि सबैको ध्यान आकर्षित गर्न चाहान्छौ पूर्व प्रधानमन्त्रीहरुले प्रकाशित गरेको वक्तमा उल्लेख गरिएको छ ।
नेपालको राजनितिमा विभिन्न समयमा विदेशी हस्ताक्षेप गराउने राजनितिक दलहरु नै हुन् । पछिल्लो समयमा नेपाली काग्र्रेस, माओवादी केन्द्र माधव नेपाल समुह र जसपाको उपेन्द्र यादव पक्ष जसरी भएपनि नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकार ढाल्न दिलो ज्यान दिएर लागेका छन् । माधव नेपाल पक्षले आफ्नै पार्टीका अध्यक्षको नेतृत्वमा रहेको सरकार ढाल्न विपक्षी दलहरुसँग गरेका गठबन्धनले गर्दा संघीय सरकारदेखि प्रदेश सरकारहरु समेत संकटमा परेका छन् । त्यसको ज्वलन्त उदाहरण हो गण्डकी प्रदेश । गण्डकी प्रदेशमा नेकपा एमालेको नेतृत्वमा सरकार रहेका थियो । नेकपा एमालेको केन्द्रमा भएको आन्तरिक द्वन्द्वले गर्दा गण्डकी प्रदेशमा नेपाली काग्रेसको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । लुम्वीनी प्रदेशमा समेत विपक्षी दलहरुले माधव नेपाल समुहको सहयोग लिएर नेकपा एमालेको नेतृत्वमा रहेको सरकार ढाल्ने प्रयास गरिरहेका छन् । यी सबै कार्यमा सहमति गरिनु विदेशी प्रभाव देखिन्छ । २०६२÷६३ सालमा भएको आन्दोलनपछि नेपाली काग्रेस माओवादी केन्द्र सहितका ७ राजनितिक दलहरुले भारतले तयार गरिदिएको १२ वुदे सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । त्यही हस्ताक्षरमा सही गर्ने व्यक्तहरुले नै अहिले विदेशी हस्तक्षेप हुनु नहुने वक्तव्य निकाल्नु भनेको फेरि जनतालाई ढाँटेर आफ्नो पार्टी र व्यक्तिगत स्वार्थ पुरा गर्ने दाउ बाहेक अन्य केही हुन सक्दैन । त्यहीकारण माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हालै भारतको लागि पनि कम्फर्टेवल सरकार निर्माण गर्न आवश्यक छ भन्ने अभिव्यक्ति दिएका थिए । अहिले आएर तिनै दाहाल सहितका अन्य पूर्व प्रधानमन्त्रीहरुले प्रधानमन्त्री केपी ओलीबाट संघीय लोकतान्त्रिक गणतन्त्र तथा कानुनको
शासनमाथि नै घात गरिरहेको आरोप लगाएका छन् । सत्ता हत्ताउनको लागि अर्को पार्टीका सांसदहरुलाई आफ्नो पक्षमा लिएर प्रधानमन्त्री बन्न हस्ताक्षर गराउनु कानुनको शासन र विधि प्रकृया माथिको ठाडो हस्ताक्षेप नै हो । लोकतान्त्रिक व्यवस्थामा दलहरुले लोकतान्त्रिक पद्दतिलाई स्वीकार गर्न नसक्दा समस्या देखिएको छ । राजनीतिक दलहरुले आ आफ्नो विधि विधान बनाएका हुन्छन्, त्यही विधि विधानमा उनीहरु बाधिएका हुन्छन् तर त्यही पद्दतिलाई उल्लंघन गर्नेहरुले नै विधि विधानको प्रशन उठाउनु कहाँको नैतिकता हो ? अहिले पनि माधव नेपाल समुह नेकपा एमाले भित्रै रहेको छ । उक्त समुहका व्यक्तिहरुले नेकपा एमालेको चुनाव चिन्ह लिएका र घोषणा पत्रका आधारमा चुनाव जितेका हुन् व्यक्तिले होइन नेकपाले चुनाव जितेको हो । अहिले पनि उनीहरु नेकपा एमालेमा नै रहेका भएपनि नेकपा एमालेको विधान विपरितका कार्यहरुमा सक्रिय भएका छन् । माधव नेपालले त नेकपा एमालेको महासचिव भएर झण्डै १५ वर्षसम्म एकछत्र पार्टी सञ्चालन गरेका थिए । तर पार्टीको महाधिवेशनमा अध्यक्ष पदमा केपी ओलीसँग पराजित भएपछि उनमा एक प्रकारको कुण्ठा पलाएको थियो । त्यही कुण्ठा र ईष्याले गर्दा अहिले उनि विपक्षी दलहरुको गठबन्धनमा समाल्ने भएर नेकपा एमालेलाई ध्वस्त पार्न लागि परेका छन् ।
पूर्व प्रधानमन्त्रीमध्येका डा. वावुराम भट्टराइलाई नेपाली जनताले भारतीय दलाल भनेर भन्ने गरेका छन् । जव उनी माओवादी केन्द्रबाट अलग भएर नयाँ शक्ति नामक पार्टी खोलेर बसेको बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नै भट्टराइलाई भारतीय एजेण्ट भएको आरोप लगाएका थिए । स्वयम् दाहालले पटक पटक भारतको पक्षमा बोल्दै आएका छन् । माओवादीले चलाएको १० वर्षे आन्दोलनमा उनी भारतमै बसेर आफ्ना कार्यकर्ताहरुलाई नेपाली जनताको हत्या गर्न, लुटपाट गर्न र सरकारी कार्यालयहरुमा आक्रमण गर्न आदेश दिदै आएका थिए । १२ वुँदे सहमति पछि नेपाल फर्किएका दाहालले नेपालमा गरेको पहिलो पत्रकार सम्मेलनमा भनेका थिए हामीलाई यहासम्म ल्याईपु¥याउन भारत सरकार र भारतीय जनताले ठूलो सहयोग गरेको छ । समय आएपछि हामी त्यस्को गुण तिर्दछौ भनेका थिए । तिनै दाहाल सहितका पूर्व प्रधानमन्त्रीहरुले अहिले नेपाली राजनितिमा बाह्य हस्तक्षेप र चलखेल देख्नु भनेको आफ्नो आङ्को भैँसी नदेख्ने तर अर्काको आङ्को जुम्रा देख्नु सरह मात्र हो । पछिल्लो समयमा भारतले नेपालको विभिन्न भू–भागमा हस्तक्षेप गरेको छ । कालापानी लिपुलेक लिम्पीयाधुरा लगायतका क्षेत्रमा भारतीय सैनिकहरु बसी रहेका छन् तर यीनै पूर्व प्रधानमन्त्रीहरुले त्यस्को विरोध गर्न सकिरहेका छैनन त्यसैले प्रष्ट हुन्छ यीनिहरु आफ्नो स्वार्थका लागि हस्ताक्षेप पनि स्वीकार गर्न तयार हुन्छन् ।
नेकपा एमाले भित्रको आन्तरिक द्धन्दको फइदा उठाउने प्रमुख हतियारको रुपमा नेपाली काग्रेस, माओवादी केन्द्र र उपेन्द्र यादव पक्षले माधव नेपाल समुहलाई प्रयोग गरिरहेका छन् । निर्वाचनमा सर्वनाक हार व्यहोरेको काग्रेस र माओवादी केन्द्रले माधव नेपालको काँधमा बन्धुक राखेर पड्काउन थालेका छ । गण्डकी प्रदेशमा बन्धुक पड्किएको छ अब लुम्वीनी प्रदेशमा पड्काउने तयारी हँुदैछ । माधव नेपाल समुहले गर्दा नै ५ वर्षसम्म सत्तामा नजाने आदेश पाएका नेपाली काग्रेसले आफुलाई जनताले दिएको आदेशलाई बिर्सीएर सत्ता हत्याउने प्रयासमा लाग्नु भनेको जनताको ठाडो अपमान हो । काग्रेस, माओवादी केन्द्र, माधव नेपाल समुह र उपेन्द्र यादव अनि आफुलाई राष्ट्रवादी र संघियता विरोधको रुपमा चिनिएको जनमोर्चा एकै ठाउँमा उभिनु भनेको ‘काले काले मिलेर खाआंै भाले’ भन्नु वाहेक अन्य केही हुन सक्दैन । अहिलेको समयमा नेकपा एमाले भित्र भाई फुटे गवार लुटे भन्ने नेपाली उखान ठ्याक्कै मिलेका छ । आफ्नो घरलाई आगो लगाएर छिमेकीको घरमा शरण माग्न पुग्नेलाई छिमेकीले आफ्नो स्वार्थ पुरा भएपछि निकालिदिन्छ भन्ने हेक्का नभएपछि त्यसैले पुष्टि हुन्छ भन्ने हामीले ठानेका छौ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports