kumari
stcnepal

वाणिज्य बैंकहरुको साउन महिनाको लागि ब्याजदर नबढाउने निर्णय

काठमाडौं ।वाणिज्य बैंकहरुले साउन महिनाको लागि ब्याजदर नबढाउने निर्णय गरेका छन् । नेपाल बैंकर्स संघले ब्याजदर बढाउन आवश्यक नरहेको भन्दै साउन महिनामा पनि ब्याजदर नबढाउने घोषणा गरेको हो । फागुन महिनाको लागि ब्याज बढाएका बैंकहरुले त्यसयता चैत्र, बैशाख, जेठ र असारको लागि ब्याजदर स्थिर राखेका थिए ।

सो निर्णय सँगै वाणिज्य बैंकहरुको असारका लागि व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ११.०३% र संस्थागतमा अधिकतम १०.०३% ब्याज कायम हुने भएको छ । बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपका लागि ब्याजदर निर्धारण गर्दा सम्बन्धित वर्गका वित्तीय संस्थाको औसत ब्याजदरको १० प्रतिशतसम्म ब्याज बढाउन सक्ने प्रावधान रहेको छ ।

 

 

footer