प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सप्तकोसीमा फेरी पानीको सतह बढ्यो

689
shares

सप्तकोशी नदीमा बाढी बढेपछि ‘हाई अलर्ट’ जारी गरिएको छ । पानीको ठूलो बहाव बराहक्षेत्रमा देखिएको र यो पानी ब्यारेज आइपुग्न करिब २ घण्टा लाग्ने ब्यारेज प्रशासनले जनाएको छ । पानीको बहाव उच्च देखिएकाले हाई अलर्ट जारी गरिएको हो ।

बराह क्षेत्रमा देखिएको पानीको बहाव सप्तकोशी ब्यारेजमा आइपुगेपछिको अवस्था बताउन नसकिने स्थानीयबासीले बताएका छन् । कोशी ब्यारेजका सम्पूर्ण ढोका खोल्दा पनि पानीको ठूलो दबाब ब्यारेजमा पर्ने अनुमान गरिएको छ ।

कोशी ब्यारेजले ९ लाख क्युसेक पानीको बहाव धान्न सक्ने बताइए पनि नदीको सतहमा बालुवा थुप्रिएकाले ४ लाख क्युसेक माथिको बहावलाई प्राविधिकहरूले सम्भावित जोखिमका रुपमा लिने गरेका छन् । बराह क्षेत्रमा देखिएको पानी कोशी ब्यारेजको मापनमा आइपुग्दा ५ लाख क्युसेकको हाराहारीमा पुग्न सक्ने अनुमान छ ।

३ लाख क्युसेक पानी बराबरको स्थान ओगट्ने बालुवा ब्यारेजमा अहिले नै थुप्रिएकोले पानीले ब्यारेजलाई नै असर गर्छ कि भन्ने चिन्ता बढेको ब्यारेज प्रशासनले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports