प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ठूला पार्टी सँग कुनै चुनावी एजेण्डा नै छैन : रवि लामिछाने

936
shares

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले ठूला पार्टी सँग कुनै चुनावी एजेण्डा नै नभएको बताएका छन् । ठूला भनिएका पार्टी सँग आउँदो मंसिर ४ को चुनावमा जनता सँग भोट माग्ने नैतिकता समेत नभएको दाबी गरे । शनिवार बुटवलमा आयोजित पार्टीको भेलालाई सम्बोधन गर्दै अध्यक्ष लामिछानेले ६/६ जना पूर्वप्रधानमन्त्रीले गर्व गर्न लायक कुनै काम नगरेको दाबी गरे । लुम्बिनी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले अब यस्ता काम नगर्ने पूर्वप्रधानमन्त्री र ठूला भनिएका पार्टीलाई जनताले चिन्ने बेला आएको बताए ।

उनले नेपाली मतदाता मासुभातमा बिक्छन भन्ने आरोप लाग्ने गरेकाले त्यसलाई यसपटक तोड्नुपर्ने बताए । ‘यसपाली चुनावका दिन एकादशी र आइतवार अर्थात् रबिवार परेको छ । मासुभातले समेत काम गर्ने छैन’, उनले भने, ‘आफैँ पढेको त्रिचन्द्र कलेजको दूरावस्था हुँदा पनि सुधार्न नसक्नेहरूले के गर्छन ?’ उनले ठूला पार्टीहरूले जनतालाई झुक्याइँ मात्रै राखेका दाबी गर्दै त्यस्ता झुटको पछि नलाग्न आग्रह गरे । उनले आफू नेतृत्वमा आएमा २४ सैं घण्टा नागरिकको समस्या सुन्ने संयन्त्र वातावरण बनाउने बाचा गरेका छन् । ‘भ्रष्टाचार हेर्न नसक्ने अख्तियार, भ्रष्टाचारीको फाइल हेर्न नमिल्ने न्यायालयको के काम’ भन्दै उनले जनताको असली शासन व्यवस्था आफूहरूले ल्याउने बताए ।

अध्यक्ष लामिछानेले अहिले जनताको समस्या सञ्चारमाध्यमले मात्रै उठाउनुपर्ने र सुन्ने प्रवृत्ति रहे पनि आफ्नो पार्टी सिंहदरबारले सुन्नुपर्छ भन्ने मान्यतामा रहेको बताए । उनले विदेशमा रहेका नेपालीहरूलाई समेत भोट हाल्ने अधिकार दिनुपर्ने बताए । केही समय अघिसम्म ‘सिधा कुरा’ टेलिभिजन कार्यक्रम सञ्चालन गरिरहेका लामिछाने पार्टी गठन गरेर संगठन विस्तारमा हिँडेका हुन् । उनी पश्चिम नेपाल बाट संगठन विस्तार गर्दै पूर्वतर्फ आइरहेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports