प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

इजरायल र हिजबुल्लाबीच युद्धबिराम गर्ने भयो सहमति

260
shares

काठमाडौँ । इजरायल र हिजबुल्लाहबीच युद्धविराममा सहमति भएको छ । समाचार संस्था रोयटर्सका अनुसार दुवै पक्षबीचको युद्धविराम शुक्रबार साँझ स्थानीय समयअनुसार ४ बजेदेखि लागू भएको छ।

एक वरिष्ठ अमेरिकी अधिकारीका अनुसार अमेरिका र कतारका वार्ताकारहरूले इरानको सहयोगमा यो सम्झौता गराएका हुन् । बिहीबार भएको गोलीबारीपछि दुवै पक्ष लडाइँ रोक्न सहमत भएका थिए ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानबारे कडा अभिव्यक्ति दिएका छन् । उनले इरान बाध्य भएर वार्ताको टेबलमा आएको दाबी गर्दै ६० दिनको प्रक्रिया पूरा गरिने र इरानले कुनै आर्थिक लाभ नपाउने बताएका छन् ।

ट्रम्पले इरानको सैन्य क्षमता निकै कमजोर भएको दाबी पनि गरेका छन् । उनका अनुसार इरानको वायुसेना, नौसेना, हवाई प्रतिरक्षा प्रणाली र राडार क्षमता गम्भीर रूपमा प्रभावित भएको छ ।

त्यसैगरी, ट्रम्पले आफूले इजरायललाई लेबनानमाथि थप आक्रमण गर्नबाट रोक्न सक्ने दाबी गरेका छन् । अमेरिकी सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा उनले इजरायलले आफ्नो भनाइलाई उच्च महत्व दिने बताएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports