विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेमै बसेको भए हरिबिजोग हुने रहेछ : माधवकुमार नेपाल

780
shares

काठमाडौं ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेमै बसेको भए हरिबिजोग हुने बताएका छन् । शनिबार युवा संघ उपत्यका विशेष कमिटीको कार्यक्रममा अध्यक्ष नेपालले एमालेमा दश बुँदे सहमति गरेर बस्ने नेताहरुको हरिबिजोग रहेको बताए । ‘एमालेमै बसेको भए यतिखेर दश भाइ जस्तै हरिबिजोग हुने रहेछ’, अध्यक्ष नेपालले भने । तर एकीकृत समाजवादी बनाएर अगाडि बढ्ने चट्टानी अडान लिएको उनले बताए ।

‘अहिले हामी राष्ट्रिय शक्ति बनेका छौं, ६ हजार ७४३ वडामा हामी छौं’, अध्यक्ष नेपालले भने ।अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली बारे सकारात्मक कुरा गर्दै नगर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन पनि दिएका छन् । ओली बारे पोजिटिभ हुने गरी प्रचार गरिए सैह्य नहुने उनले चेतावनी दिए । ‘जुन पार्टीले हाम्रो अस्तित्व स्वीकार गर्दैन । जसले हामीलाई अपराधी घोषणा गरेको छ । जसले हामीले देशद्रोही भनेको छ । त्यस्ता नेता प्रति कुनै किसिमले पोजेटिभ कुराको प्रचारप्रसार कसैले पनि नगर्नुहोला । गर्नुहुन्छ भने कुरा बिग्रन्छ म क्लियर गर्न चाहन्छु’ उनले भने, ‘त्यस्ता कुराहरुमा लाग्न जरुरी पनि छैन । बरु खण्डन गर्ने, सिधै मुखभरिको जवाफ दिने ।’

अध्यक्ष नेपालले विचार मिल्ने वामपन्थी दलहरु सँग एकतावद्ध भएर जाने प्रस्ताव अगाडि बढाइरहेको तर एमाले सँग भने मिल्ने कुनै सम्भावना नभएको पनि बताए । ‘हाम्रो पार्टीले वामपन्थी दलहरुलाई एकतावद्ध बनाउनका लागि हामी सँग कुरा मिल्ने, विचार मिल्नेहरु सँग एकतावद्ध हुनका लागि हामीले हात अगाडि बढाएका छौं । हामी अरु सँग विलिन हुने होइन’ उनले भने ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports