विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

देउवा सरकारका मन्त्री नै भन्छन देश माफियाहरूले चलाएका छन भनेर

533
shares

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले स्यानिटरी प्याड आयातमा ९०% छूट दिइनुले देश माफियातन्त्र र भ्रष्टहरूको सञ्जालले चलाएको पुष्टि हुने बताएका छन् ।स्यानिटरी प्याड जस्तो सम्वेदनशील वस्तुलाई स्वदेशमा नै अनुदान दिएर उद्योगहरू स्थापना गर्न प्रोत्साहन दिनुपर्नेमा बाहिर बाट आयात गर्न ९०% प्रतिशत सम्म छूट दिएकोमा दुःख व्यक्त गर्दै मन्त्री खापुङले त्यस्तो टिप्पणी गरेका हुन् ।

सहयोगी स्यानिटरी प्याड उद्योगको शनिबार उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री खापुङले स्वास्थ्य मन्त्रालय मार्फत गरिने सहयोग गर्न सधैं आफू तत्पर रहेको प्रतिबद्धता पनि व्यक्त गरेका छन् । ‘मुलुक माफियातन्त्र र भ्रष्टाचारको दलदलमा फसेको छ । स्यानिटरी प्याड जस्तो सम्वेदनशील वस्तुलाई स्वदेशमा नै अनुदान दिएर उद्योगहरू स्थापना गर्नुपर्ने समयमा बाहिरबाट आयात गर्न ९०% प्रतिशत सम्म छूट दिइनु देशको हितमा छैन,’ उद्घाटनपछि उनले भने ।

आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले स्यानिटरी प्याडमा ९० प्रतिशत सम्म भन्सार महशुल छुट गर्ने घोषणा गरेका थिए । कार्यक्रमका अन्य वक्ताहरूले स्वदेशी उत्पादनलाई प्रोत्सहान गर्नुपर्ने, वित्तीय संस्थाहरूले सहुलियत तथा अनुदानमा कर्जा उपलब्ध गराउनुपर्ने, कर छूट गराउनुपर्ने तथा जनचेतनामुलक कार्यक्रमहरूको आयोजना गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरूले उद्योगलाई व्यावसायिक सफलताको शुभकामना समेत व्यक्त गरेका छन् ।

लामो समय इजराइल बसेर नेपाल फर्किएकी गोमा खनालले ‘सहयोगी स्यानिटरी प्याड उद्योग’ सञ्चालनमा ल्याएकी हुन् । आफ्नै देशमा उद्योग सञ्चालन गरी विदेशिन बाध्य नेपाली युवाहरुलाई रोजगार दिन सफल खनाल सामाजिक कार्यमा समेत उत्तिकै सक्रिय महिलाको रुपमा परिचित छिन् । उद्योगले उत्पादन गरेको ‘रोयल विङस’ नामक प्याड विक्रीवितरण समेत शुरू गरिसकिएको खनालले जानकारी दिएकी छिन् । पछिल्लो समय जनचेतना वृद्धिका कारण स्यानिटरी प्याडको प्रयोग गर्नेहरूको संख्या बढ्दै गएकाले प्याड उद्योग सञ्चालन गरिएको उनको भनाइ छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports