विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नारायणकाजीको नेतृत्वमा माओवादी केन्द्रले १७ सदस्यीय घोषणपत्र तयारी समिति बनायो

507
shares

काठमाडौं ।नेकपा माओवादी केन्द्रले ४ मंसिरमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्र तयार गर्न वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय समिति बनाएको छ ।

शनिबार बसेको स्थायी समिति बैठकले घोषणापत्रको मस्यौदा तयार गर्न नारायणकाजी श्रेष्ठ, देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, लीलामणि पोखरेल, गणेश साह, परशुराम रम्तेल, अमृता थापा हरि रोका, जाकिर हुसेन, परशुराम तामाङ, विष्णु चौधरी, भीमा ढुंगाना र जगत शिम्खडा रहेको समिति गठन गरेको हो ।

उपाध्यक्ष कृष्णबहादुर महराका अनुसार साझा घोषणापत्र तयारीका लागि सत्तारुढ गठबन्धनमा छलफल भइरहेको छ । तर पार्टीको तर्फ बाट मस्यौदा निर्माणका लागि समिति गठन गरिएको उनले बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports