kumari
stcnepal

कोरोनाको कारण चन्द्रागिरी हिल्स करोडौँ घाटा

 

काठमाडौं ।
कोरोनाको कारण लामो समय सम्म बन्द रहेको चन्द्रागिरी हिल्स घाटामा गएको छ । कम्पनीले सोमबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको अन्त्यसम्म २५ करोड ३८ लाख ४२ हजार रुपैयाँमा घाटामा देखिएको छ ।
अघिल्लो आर्थिक वर्ष पनि चन्द्रागिरी हिल्स साढे १० करोड रुपैयाँ भन्दा धेरै घाटामा थियो । कोरोना भाइरस महामारी नियनत्रणका लागि सरकारले गत वर्ष नै लकडाउन गरेको थियो । गत वर्ष लामो समय र यस वर्ष हालसम्म पनि चन्द्रागिरी केवलकार तथा रिसोर्ट खुला हुन सकेको छैन ।

लामो समय बन्द गर्नु पर्दा चन्द्रागिरीको आम्दानी घटेर नोक्सान भएको छ । वित्तीय विवरण अनुसार कम्पनीले गत आर्थिक वर्षमा २२ करोड १५ लाख रुपैयाँ सञ्चालनमा आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्ष कम्पनीको ४१ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी थियो ।

 

footer