अर्थतन्त्रमा पछिल्लो मङ्सिरयता सहजता देखिँदैछ : गभर्नर अधिकारी
वि.सं.२०७९ भदौ १८ शनिवार १५:०१
shares

काठमाडौं ।नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा पछिल्लो मङ्सिरयता सहजता देखिन थालेका छन । तर, जोखिम कम नभएको भन्दै उनले राष्ट्र बैङ्कले सजगता भने नहटाएको बताए । शनिबार नेपाल आर्थिक पत्रकार समाज सेजनको २४औं वार्षिक साधारणसभामा बोल्दै उनले सोही अनुसार आयातमा केही वस्तुको कडाइ कायम रहेको बताए ।
बाह्य क्षेत्रमा जोखिम कम नभएको भन्दै उनले अवस्था सामान्य बने सँगै आयात पूर्णतया खुला हुने बताए । पेट्रोलियम पदार्थको मूल्य विश्वव्यापी रुपमा बढ्दा संसारभरका अर्थमन्त्री र गभर्नर दबाबमा रहेको उनले उल्लेख गरे । नेपालमा समेत मूल्यको दबाब तथावत रहेको उनको भनाइ छ ।
उनले तरलता सुधारका उपाय समेत सुझाए । ‘तरलताको कुरा कहिले हट्ला भन्ने प्रश्न सोधिन्छ,यो बाह्य क्षेत्रका कारणले समस्या आयको हो’ उनले भने, ‘आन्तरिक रुपमा पैसा त जसले ऋण लिनुभएको छ, उहाँहरु सँगै छ नि, तरलता अभाव समाधान हुन बिपोपिको अवस्था सुधार हुनुपर्छ ।’
सरकारको खर्च बढाउँदा, कम्पोनेन्ट निजी क्षेत्रले ऋण तिरिदिएको तरलताको अभाव सुधार हुँदै जाने उनको भनाइ छ । यसमा बैङ्करले पनि अनुशासनमा बस्नु पर्ने र हतारिन नहुने उनले बताए ।


































